चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनालाई व्यवहारमा उतार्ने प्रान्तीय तहका मुख्य नेता र अधिकृतको अध्ययन कक्षा अक्टोबर २९ तारिख बिहान केन्द्रीय पार्टी विद्यालयमा शुरू भएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सो अध्ययन कक्षाको शुभारम्भ समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। आफ्नो सम्बोधनमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनालाई व्यवहारमा उतार्ने कार्यलाई अझ गहन रूपमा अघि बढाउनुका साथै सुधार सम्बन्धी समस्त पार्टी र पूरै जनताको विश्वासलाई बढावा दिएर एकताबद्ध भई सुधारलाई अझ स्थिर र गहन रूपमा प्रवर्द्धन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका स्थायी सदस्य ली छ्याङले उक्त शुभारम्भ समारोहको अध्यक्षता गर्नुभएको थियो। सीपीसी राजनीतिक व्युरोका स्थायी सदस्य चाउ ल ची, वाङ हु निङ, छाइ छी, तिङ स्युए स्याङ, ली सी र उप राष्ट्राध्यक्ष हान चङ शुभारम्भ समारोहमा उपस्थित हुनुभएको छ।