जर्जियामा निर्वाचन सुचारू रूपमा आयोजित
2024-10-29 16:38:19cri
Share with:

हालै चीनले जर्जियाको निर्वाचन सुचारू रूपमा आयोजना गरिएको विषयबारे जानकारी पाएको छ र चीनले सधैँ नै जर्जियाका जनताको रोजाइको सम्मान गर्दै आएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन च्येनले अक्टोबर २९ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारको सम्बद्ध प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।

 

प्राप्त जानकारी अनुसार, जर्जियाले २६ तारिख नयाँ संसदको निर्वाचनको आयोजना गरेको थियो। सत्तारूढ पार्टी डेमोक्रेटिक पार्टीले निर्वाचनमा विजय प्राप्त गरेको घोषणा गरेको छ। तर विपक्षी समूहले निर्वाचनमा घुसपैठ भएको भन्दै निर्वाचनको नतिजालाई अस्वीकार गरेको छ।

 

यस विषयबारे चर्चा गर्दै प्रवक्ता लीनले जर्जिया स्थिर र समृद्ध होस् भन्ने शुभेच्छा चीनले गरेको बताउँदै जर्जियासँगै मिलेर चीन-जर्जिया सम्बन्धलाई विकसित पार्दै जान चीन इच्छुक रहेको पनि औँल्याउनुभएको छ।