चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले अमेरिकाले चीनमा लगानी प्रतिबन्धका लागि अन्तिम नियम जारी गरेकोप्रति कडा शब्दमा विरोध गर्दै अमेरिकासँग गम्भीर रुपमा कुराकानी गरेको जनाएका छन्।
३० तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताले उक्त कुरा बताएका हुन्। उनले अमेरिकाले राष्ट्रिय सुरक्षा अवधारणालाई सामान्यीकरण गरी चीन विरुद्ध भेदभावपूर्ण लगानी प्रतिबन्ध लागू गर्नु नै सामान्य गैर-बजार अभ्यास हो भन्दै चीनमा अमेरिकी लगानी प्रतिबन्धबाट चिनियाँ बजारलाई अन्य देशका प्रतिस्पर्धीलाई सुम्पिने र अमेरिका आफ्नै हितलाई गम्भीर रूपमा हानि पुऱ्याइने सुझाव धेरै अमेरिकी वाणिज्य संघ र व्यवसायले दिएको उल्लेख गरे।
अमेरिकाले बजार अर्थतन्त्रको कानूनको सम्मान गरी आर्थिक र व्यापारिक क्षेत्रमा राष्ट्रिय सुरक्षाको सीमा स्पष्ट पारेर आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न रोक्ने र चीन-अमेरिका आर्थिक र व्यापारिक सहयोगको लागि राम्रो वातावरण सिर्जना गर्ने आशा चीनले लिएको पनि ती प्रवक्ताको भनाइ छ।