अक्टुबर २९ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित जन बृहत् सभाभवनमा चीन भ्रमणमा रहनुभएको फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबसँग भेटवार्ता गर्नुभएको छ।
भेटवार्तामा चीनका राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो, ‘फिनल्याण्ड नै जनगणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने प्रथम मुलुकहरूमध्य एक हो, चीनसँग सरकारी व्यापारिक प्रकारमा हस्ताक्षर गर्ने पहिलो पश्चिमा देश पनि हो। कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशले एक अर्कालाई मैत्री, सम्मान र विश्वास कायम राख्दै इतिहास र सँस्कृति तथा व्यवस्थापनको भिन्नतामा पनि समानताको नमूना बनाएका छन्। हाल, एक शताब्दीमा नदेखिएको ठूलो परिवर्तन निरन्तरताका साथ विकास गर्दै मानव समाजमा विभिन्न चुनौती थपिएको छ।’
सो अवसरमा चीन र फिनल्याण्डबीचको नयाँ सहकार्य साझेदारी सम्बन्धको विशेष मूल्य देखाउन सकिने भन्दै सीले यो धेरै कदर गर्नलायक भएको चर्चा गर्नुभयो। चीनले फिनल्याण्डसँग रणनीतिक सहकार्य सुदृढ पार्ने, मैत्री परम्पराको विकास गर्ने, भविष्य उन्मुख नयाँ सहकार्य साझेदारी सम्बन्धलाई अघि बढाउने, दुई देश र जनताका लागि हित ल्याउने र विश्वको शान्ति तथा विकासको लागि नयाँ योगदान राख्ने अपेक्षा पनि उहाँले प्रकट गर्नुभयो।
भेटमा फिनल्याण्डका राष्ट्रपति स्टबले राष्ट्रपति भएपछि चीनको भ्रमणमा आउँदै धेरै खुशी लागेको बताउँदै बितेका १४ वर्षमा राष्ट्राध्यक्ष सीसँग फेरि भेटवार्ता भएकोमा प्रसन्नता प्रकट गर्नुभयो। त्यसयता विश्वको परिस्थितिमा ठूलो परिवर्तन आएको भन्दै उहाँले चीनमा उज्वल विकासको नतिजाहरू हासिल भएको चर्चा गर्नुभयो।
कूटनीतिक सम्बन्ध स्थापना भएका ७४ वर्षहरूमा, फिनल्याण्ड र चीनले पारस्परिक सम्मान गरिरहेका छन् र सच्चा तथा समान रूपमा आदानप्रदान गरिरहेका छन्। द्विपक्षीय सम्बन्धमा असल विकास कायम राख्दै, सहकार्य क्षेत्र विस्तृत गर्दै र फलदायक नतिजाहरू हासिल भएका छन्।
दुई पक्षले युक्रेन संकट तथा इजरायल र प्यालेस्टाइनबीचको संघर्ष जस्ता मद्दामा गहिरो रूपमा छलफल गरेका छन्। सी चिनफिङले चीनको सिद्धान्तबारे व्याख्या गर्नुभयो। उहाँले शान्त रूपमा संकट समाधान गर्नुपर्नेमा फिनल्याण्ड र अरू सम्बन्धित पक्षहरूसँग संयुक्त रूपमा प्रयास गरेर सकारात्मक भूमिका राख्ने इच्छा व्यक्त गर्नुभएको छ।
सोही राती सी चिनफिङ र उहाँकी श्रीमती फङ लीयुआनले जन बृहत् सभाभवनमा स्टब दम्पतिको स्वागतमा रात्रीभोजको आयोजना गर्नुभयो।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले उक्त गतिविधिहरूमा सहभागिता जनाउनुभयो।