अक्टोबर ३० तारिख शनचौ १९ नम्बर मानवयुक्त अन्तरिक्ष यान बोक्ने लङ मार्च नं २ एफ याउ-१९ वाहक रकेटलाई चीनको च्युछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट प्रज्वलित गरी प्रक्षेपण गरिएको छ।
शनचौ १९ नम्बर मानव अन्तरिक्ष यान सफलतापूर्वक रकेटबाट अलग भएर पूर्वनिर्धारित ट्र्याक प्रविष्ट गरेको छ, अन्तरिक्ष यात्री टोली राम्रो अवस्थामा छन् र प्रक्षेपण पूर्ण रुपमा सफल भएको छ।
यो मिसन चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम अन्तरिक्ष स्टेशन अनुप्रयोग र विकासको चरणमा प्रवेश गरेको चौथो मानव मिशन हो, जुन परियोजना स्थापना र कार्यान्वयन भएदेखिको ३३औं प्रक्षेपण मिसन हो साथै लङ मार्च श्रृंखला लन्च वाहनको ५४३औं उडान हो।