विश्वको साझा फाइदामा विश्वस्त चिनियाँ अर्थतन्त्र
2024-10-31 09:26:02cri
Share with:

 

केही समयदेखि विदेशी कम्पनी र विदेशी सञ्चारमाध्यमहरूले चीनका अनेकन् आर्थिक वृद्धि नीतिमा उच्च ध्यान दिँदै आएका छन् र त्यसलाई चीनको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने "इन्धन बूस्टर" भएको र गुणस्तरीय लगानी गन्तव्यका रूपमा चीनको आकर्षण बढ्दै गएको विश्वास लिएका छन्। १८ तारिख जारी गरिएको प्रथम तीन त्रैमासिक चीनको आधिकारिक राष्ट्रिय आर्थिक कार्यसम्पादन तथ्याङ्कले बाहिरी विश्वको आशावादी अपेक्षाको पुष्टि गरेको छ।

प्रारम्भिक गणना अनुसार, प्रथम तीन त्रैमासिकमा चीनको जीडीपी ९४९ खर्ब ७४ अर्ब ६० करोड चिनियाँ युआन पुगेको छ जुन स्थिर मूल्यमा ४.८ प्रतिशतको वार्षिक वृद्धि हो। यो वृद्धिदर सहज रुपमा आएको छैन। यस वर्षको सुरुदेखि नै बृहत् वातावरण जटिल र अस्थिर रहेको छ र बाह्य दबाब निरन्तर बढ्दै गएको छ साथै चीनको अर्थतन्त्र संरचनात्मक समायोजनको महत्वपूर्ण अवधिमा छ र परिवर्तनको पीडा जारी छ। तर चिनियाँ अर्थतन्त्रले दबाबको सामना गरिसकेको छ, नीतिगत प्रभाव देखा पर्न थालेका छन्, प्रमुख आर्थिक सूचकले सकारात्मक परिवर्तन देखाएका छन् र यसले बलियो लचिलोपन र सम्भावना देखाउँदै स्थिर सञ्चालन कायम गरेको छ।

ध्यान दिनुपर्ने कुरा के हो भने वृद्धिरोजगारअन्तर्राष्ट्रिय आयव्ययमुद्रास्फिति गरी चार मापदण्डबाट हर्दा चीनको अर्थतन्त्र सञ्चालनमा निरन्तर स्थिर भैरहेको छ भने उच्च गुणस्तरीय विकास खासमा बढाइरहेको देखिन्छ। विशेष गरी सेप्टेम्बरयता श्रृंखलावद्ध कदमहरु तीव्र गतिमा प्रवर्द्धन गरिएको साथमा बजारप्रतिको विश्वास ठूलो परिमाणमा बलियो बन्दै गएको छ।
सातौँ आयात एक्स्पो नजिकिँदै छ। साथै धेरै क्षेत्रका वार्षिक मञ्च चीनमै आयोजना हुने छन्। जसले चीनको उच्च स्तरीय खुलापनलाई अघि बढाउने छ। वैदेशिक खुलापनका लागि चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकद्वारा बन्दोबस्त गरिएका श्रृंखलावद्ध कदमको साथमा विदेशी व्यवसायहरुले चीनमा अझ बढी नयाँ अवसर खोज्ने छन।

 

हाल बाह्य वातावरण झन् जटिल र गम्भीर बन्दै गएको छ, चीनको आर्थिक पुनरुत्थानको जग अझै सुदृढ हुन आवश्यक छ तर दीर्घकालीन सुधारका आधारभूत कुरा परिवर्तन भएका छैनन्। पहिलो तीन त्रैमासिकको वृद्धिले वर्षभरि नै अर्थतन्त्रको लागि बलियो जग खडा गरेको छ, आर्थिक स्थायित्व र पुनःप्राप्तिको लागि अनुकूल परिस्थिति बढ्दै गएका छन्। चीन करिब ५ प्रतिशतको अपेक्षित वृद्धि लक्ष्य हासिल गर्नेमा विश्वस्त छ। यस प्रक्रियामा विश्वले पनि चीनसँग पारस्परिक लाभ र जीतको नतिजा हासिल गर्नेछ र एकसाथ अगाडि बढ्नेछ।