एशियाली शीतकालीन खेलकुद प्रतियोगिताको टर्च र पदक कस्तो देखिन्छ?
2024-10-31 15:29:21CRI
Share with:

नवौं एशियाली शीतकालीन खेलकुद प्रतियोगिता सन् २०२५ फेब्रुअरी ७ तारिख चीनको उत्तरपूर्वमा अवस्थित हैलोच्याङ प्रान्तको हार्पिन शहरमा आयोजना गरिने भएको छ।

चालु वर्षको अक्टुबर ३० तारिख राती, एशियाली हिउँदे खेलकुद प्रतियोगिताको १०० दिन काउन्टडाउन(उल्टो गन्ती)विषयक गतिविधि आयोजना भएको छ जसमा टर्च तथा पदकलाई आधिकारिक रूपमा जारी गरिएको छ। सन् १९९६, हार्पिन शहरमा एशियाली शीतकालीन खेलकुद प्रतियोगिता आयोजना गरिन्थ्यो। टर्च र पदकबाट यो शहरको तत्व र चिनियाँ सँस्कृतिको विशेषताहरू देखाउन सकिन्छ।

सो शीतकालीन खेलकुदको टर्चको विषय “फङफाइ” जसको अर्थ सो प्रतियोगितामा जिवन्त र उत्साह भरिएको भन्ने हुन्छ। टर्चको उचाइ करिब ७३५ मिलिमिटर छ, माथिको व्यास करिब ११५ मिलिमिटर छ र ह्याण्डलको व्यास करिब ५० मिलिमिटर छ। टर्चको आकार फुलिरहेको लिलाक(lilac)जस्तै देखिन्छ(लिलाक पनि हार्पिन शहरको फूल हो), जसमा चिनियाँ रातो, लिलाक बैजनी र हिउँ सेतो लगायतका रंगहरू प्रयोग गरिएका छन्। यी रंगद्वारा हैलोङ्च्याङ प्रान्तको निष्कपट, उत्साही, खुला र समावेशी मानवीय विशेषताहरू र हिउँको विशेषता पनि देखाउन सकिन्छ। टर्च दन्किएपछि भित्र बरफ र आगो मिस्सिएको देखिन्छ जुन शीतकालीन खेलकुदको चुनौती र उत्साहको प्रतीक हो।

“दौड भावना”नामक एशियाली शीतकालीन खेलकुद प्रतियोगिताको पदक सोही दिन जारी गरिएको छ। पदकको अगाडि प्रतियोगिताको पटरीको लाइन र एशियाली शीतकालीन खेलकुद प्रतियोगिताको प्रतीक मिलाएर खेलकुदको शक्ति र सुन्दरता देखाइएको छ। यसका साथै, पटरी लाइनको आकारमा हार्पिन थिएटरको आकार मिलाइएको छ।

पदकको पछाडिपट्टि, सो खेलकुदको प्रतियोगिताको यापुली हिउँ क्षेत्रको पहाड र वनको दृश्यहरू जस्तै भूमि विशेषताहरू समावेश गरिएको छ।

हाल ३४ वटा देश तथा क्षेत्रका ओलम्पिक समितिहरू सो एशियाली हिउँदे खेलकुद प्रतियोगितामा दर्ता भएका छन् जुन इतिहासमा उच्चतम हुनसक्ने छ।