राष्ट्राध्यक्ष सी चिनफिङ तथा स्लोभाकका प्रधानमन्त्री रोबर्ट फिको बीच भेटवार्ता
2024-11-01 19:00:21cri
Share with:

नोभेम्बर १ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ जन बृहत् सभा भवनमा चीनको औपचारिक भ्रमणमा रहनुभएको स्लोभाकका प्रधानमन्त्री रोबर्ट फिकोसँग भेटवार्ता गर्नुभएको छ।

 

वार्ताका क्रममा राष्ट्राध्यक्ष सीले चालु वर्ष चीन र स्लोभाक बीच दौत्य सम्बन्ध कायम भएको ७५ औँ वार्षिकोत्सव भएको भन्दै चीन-स्लोभाक सम्बन्धलाई रणनीतिक साझेदारी सम्बन्धको रूपमा उकासेर द्विपक्षीय सहयोगमा अझ बढी सशक्त शक्ति थप्ने निर्णय गरेको जानकारी दिनुभएको छ।

 

स्लोभाकसँग संयुक्त प्रयास गर्दै चीन-स्लोभाक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउँदै जान चीन इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ।