खेलकुदद्वारा चीन र अफ्रिकाका युवाहरूबीचको समझदारी र आदान-प्रदानमा वृद्धि
2024-11-01 09:20:21cri
Share with:

 

चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनको सम्बन्धित कार्यक्रमको रुपमा चीनका लागि अफ्रिकी कूटनीतिज्ञ र चिनियाँ विद्यालयबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता गत सेप्टेम्बर २१ तारिख पैचिङ नम्बर १२ उच्च माध्यामिक विद्यालयमा आयोजना भएको छ। यस पटकको मैत्रीपूर्ण फुटबल प्रतियोगिता चिनियाँ कुटनीति विश्वविद्यालय, पैचिङ जनवैदेशिक मैत्री संघ र पैचिङ खेलकुद ब्यूरोले संयुक्त रुपमा आयोजना गरेका हुन्।  

 

यस पटकको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका युवायुवती समूह र वयस्क समूह छन्। अफ्रिकी युवा समूह र पैचिङ नम्बर १२ उच्च माध्यमिक विद्यालयको विद्यार्थी समूहले प्रतिस्पर्धा गरेका थिए। अन्त्यमा पैचिङ नम्बर १२ उच्च माध्यमिक विद्यालयको विद्यार्थी समूहले छको विरुद्ध सात गोलले अफ्रिकी युवा समूहलाई हराएको थियो। वयस्क समूहको प्रतियोगिता चीनका लागि अफ्रिकी कूटनीतिज्ञबाट गठित समूह र पैचिङ नम्बर १२ उच्च माध्यमिक विद्यालयका शिक्षक समूहबीच गरिएको थियो। अन्त्यमा अफ्रिकी कूटनीतिज्ञ समूहले शन्यको विरुद्ध चार गोलले पैचिङ नम्बर १२ उच्च माध्यमिक विद्यालयका शिक्षक समूहलाई हराएको थियो।

 

सोही दिनको प्रतियोगिताबारे चीनका लागि गिनी बिसाउका राजदूत एन्डोनियो सेरिफो एमबालो भन्नुहुन्छ चीनका लागि अफ्रिकी कूटनीतिज्ञ फुटबल समूहले अफ्रिकी जनताको प्रतिनिधित्व गर्छ, एकता र सुखमय अफ्रिकी देखाउँछ। चीनक लागि अफ्रिकी कूटनीतिज्ञ र चिनियाँ विद्यालयबीचको फुटबल प्रतियोगिताले दुई पक्षलाई मिलाएको, मित्रता देखाएको, यो देखेर मलाई खुशी लाग्यो। यस्तो फुटबल प्रतियोगिता निरन्तर रुपमा आयोजना हुनसक्ने अपेक्षा मैले लिएको छु

 

पैचिङ जनवैदेशिक मैत्री संघका उप प्रमुख वाङ यानश्याले चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनले नयाँ युगमा चीन र अफ्रिकाको सम्बन्धको विकासका लागि नयाँ शक्ति थपिदिएको र यस पटकको मैत्रीपूर्ण फुटबल प्रतियोगिताले चीनका लागि अफ्रिकी कूटनीतिज्ञहरू र पैचिङ सर्वसाधारणहरूबीचको मैत्रीपूर्ण आवत-जावतलाई बढाएको छ साथै, दुई पक्षका जनताहरूको मित्रताको नयाँ अध्याय चित्रण गरेको छ, भन्नुभयो। चिनियाँ कूटनीतिज्ञ तालिम कलेजका उप प्रमुख आन छिङ भन्नुहुन्छखेलकुद साँस्कृतिक मिश्रणको चौतारो हो। खेलकुदले चीन र अफ्रिकाका जनतामाझ समझदारी र सम्मान बढाउन, विश्वशान्ति र विकासलाई अगाडि बढाउन मद्दत दिनसक्छ। यस पटकको प्रतियोगिताले हाम्रो मैत्रीपूर्ण आदान-प्रदान र पारस्परिक सहयोगलाई बढाउनसक्ने आशा लिएको छु।

 

प्रतियोगिताअघि अफ्रिकी युवाहरू र पैचिङ नम्बर १२ उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले “चीन-अफ्रिका मैत्रीपूर्ण परिवार” मुख्य विषयक चित्र कोरेका थिए।  उनीहरूले चित्रमार्फत चीन र अफ्रिकाको शानदार सभ्यता, परम्परागत मित्रता र आधुनिक विकासको चित्रण गरेका छन्। पैचिङ नम्बर १२ उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि ऊशु र एरोबिक्सको प्रदर्शन गरेका छन्।