“विशाल ब्रिक्स” द्वारा नयाँ भविष्यको सिर्जनाका लागि “विश्वव्यापी दक्षिण”लाई नेतृत्व
2024-11-01 18:20:57cri
Share with:

 

गत हप्ता रूसको कजानमा आयोजित सन् २०२४ ब्रिक्स मुलुकका नेतागणको १६ औँ सम्मेलनबाट प्राप्त नतिजा बारे अझै छलफल जारी छ। विशाल ब्रिक्स सहकार्य भन्ने शब्द अन्तर्राष्ट्रिय समाजको ध्यानाकर्षणको विषय बनेको छ। अब उपरान्त ब्रिक्स कता जानेछ? विशाल ब्रिक्स सहकार्यले मानवजातिको भविष्यलाई के कस्तो नयाँ अभिलाषा ल्याउने छ? यी विषयहरू ब्रिक्स मुलुकका सदस्य मुलुक र ब्रिक्स सहकार्यप्रति निकै चासो राख्ने विश्वव्यापी दक्षिणी मुलुकहरूका लागि ज्यादै आवश्यक कुरा बनेको छ।

 

थाइल्याण्डेली ३ नं टेलिभिजन स्टेशनका वरिष्ठ सञ्चालक प्राविनामाई बाइकोलोईले एउटा लेख प्रकाशित गर्दै विश्वव्यापी दक्षिण एकताबद्ध र सशक्त हुने युगमा ब्रिक्स सहकार्य व्यवस्थाको प्रेरणात्मक र आकर्षित शक्ति निरन्तर रूपमा बढ्दै गएको जनाउनुभएको छ।

 

गत जुन महिनामा ब्रिक्स मुलुकले मतदानद्वारा नयाँ सदस्यलाई भर्ना गराउने प्रक्रियालाई स्थगित गर्ने निर्णय गरे तापनि केही मुलुकले निरन्तर रूपमा ब्रिक्समा भर्नाका लागि आवेदन दिँदै आएका छन्। तीमध्ये नेटोको सदस्य टर्की पनि समावेश छ। यस ब्रिक्स शिखर सम्मेलन शुरू हुनुअघि ब्रिक्समा भर्नाका लागि आवेदन दिने मुलुकको संख्या ३० भन्दा बढी पुगेको छ। त्यसबाट के प्रमाणित भएको छ भने ब्रिक्स व्यवस्थाको आकर्षण शक्ति निरन्तर रूपमा सबल हुँदैजानेछ।