सीएमजीको उच्च गुणस्तरीय चलचित्र तथा टेलिभिजन कार्यक्रम पेरुमा प्रसारण
2024-11-01 14:57:11cri
Share with:

 

अक्टोबर ३० तारिख चाइना मिडिया ग्रुप अर्थात् सीएमजीको उच्च गुणस्तरीय चलचित्र तथा टेलिभिजन कार्यक्रम प्रसारण समारोह पेरुको लिमामा सुरू भएको छ। यसपछि २० भन्दा बढी कार्यक्रम एकपछि अर्कोगरी पेरूका प्रमुख प्रवाह मिडियामा प्रसारण हुनेछन्।

 

सीएमजीका महानिर्देशक शन हाइस्युङले गत जुन महिना पैचिङको वार्तामा राष्ट्राध्यक्ष सी चिनफिङ र राष्ट्रपति बोरुआर्टले परम्परागत मित्रतालाई निरन्तरता दिन, आपसी लाभकारी सहयोगलाई अझ गहिरो बनाउन र चीन-पेरुको व्यापक रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने प्रस्ताव प्रस्तुत गर्नुभएको व्यक्त गर्नुभयो। उहाँले दुई राष्ट्रानायकबीचको सहमतिलाई सक्रियतापूर्वक कार्यान्वयन गर्न, चीन र पेरुबीचको मानव र सांस्कृतिक आदानप्रदानलाई अझ प्रगाढ बनाउन, र संयुक्त रूपमा चीन-पेरु सम्बन्धका लागि राम्रो नयाँ भविष्य सिर्जना गर्नका लागि सीएमजीले पेरुका सञ्चारमाध्यमसँग यस प्रसारण कार्यक्रम आयोजना गरेको उल्लेख गर्नुभयो। यस प्रसारणले पेरुका साथीलाई चिनियाँ जनताको इमानदारी तथा मित्रता र चिनियाँ संस्कृतिको गहिराइको पूर्ण रूपमा अनुभव पाउने र नयाँ युगमा विश्वसनीय चीन बारे थप जानकारी पाउने पनि महानिर्देशक शनले बताउनुभयो।