चीनद्वारा इरानले देशको सुरक्षा र स्थिरताको संरक्षण गर्न गरेको प्रयासलाई समर्थन
2024-11-02 17:17:06cri
Share with:

चीनले आतंकवादी आक्रमणकारी काण्डको निन्दा गर्दै सबै खालका आतंकवादको विरोध गर्नुका साथै इरानले देशको सुरक्षा र स्थिरताको संरक्षण गर्न गरेको प्रयासलाई समर्थन गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले १ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा इरानको परिस्थिति सम्बद्ध प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।

 

प्राप्त जानकारी अनुसार, अक्टोबर २६ तारिख इरानको दक्षिण पूर्वी भागको टाफुटान क्षेत्रमा आतंकवादी हमला हुँदा १० जना सीमा-प्रहरीको मृत्यु भएको इरानी गृह मन्त्रालयले जनाएको थियो।