मलेसियाका प्रधानमन्त्री लगायतका विदेशी नेताहरू सातौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुने
2024-11-03 17:02:32cri
Share with:

सातौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ देखि १० तारिखसम्म शाङहाईमा आयोजना गरिने छ। चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा मलेसियाका प्रधानमन्त्री अनवर बीन इब्राहिम, उज्वेकिस्तानी प्रधानमन्त्री अब्दुल्ला आरिपोभ, स्लोभाकका प्रधानमन्त्री रोबर्ट फिको, कजाकिस्तानी प्रधानमन्त्री ओर्जाक बेक्टेनोभ, मङगोलियाली प्रधानमन्त्री ओयुन अर्डेन र सर्बियाका प्रधानमन्त्री मिलोस भुचेभिच लगायतका विदेशी नेताहरू आयात एक्स्पोको उद्घाटन समारोह र सम्बद्ध गतिविधिमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले सो घोषणा गर्नुभएको हो।