कोलम्बो विश्वविद्यालयको कन्फ्यूशियस इन्स्टिच्यूट श्रीलङ्कामा सबैभन्दा धेरै शिक्षण केन्द्रहरू भएको कन्फ्यूशियस इन्स्टिच्यूट हो। विभिन्न स्तर र पेशाका मानिसहरूको चिनियाँ भाषा अध्ययनको आवश्यकता पूरा गर्नका लागि, कोलम्बो विश्वविद्यालयको कन्फ्यूशियस इन्स्टिच्यूटले सन् २०१७ को मई महिनाबाट औपचारिक रूपमा भर्ना शुरु गरेपछि “चिनियाँ भाषा जोड्ने पेशा”जस्ता विशेष पाठ्यक्रमहरूको एक श्रृंखला खोल्न थालेको छ। कोलम्बो विश्वविद्यालयको कन्फ्यूशियस इन्स्टिच्यूटका निर्देशक लै मिङ चनले यस विषयबारे जानकारी दिएकी छिन्।
“हामीले श्रीलङ्काको राष्ट्रिय प्रहरी महाविद्यालयमा सञ्चालन गरिरहेको प्रहरी सम्बन्धी चिनियाँ भाषा पाठ्यक्रम, साथै केही स्थानीय कम्पनीहरूमा सञ्चालन गरिरहेको चिनियाँ भाषा पाठ्यक्रम, र श्रीलङ्काका भन्सार, आप्रवासन विभाग, बैंक, र होटलका लागि चिनियाँ भाषा जोड्ने पेशा' नामको पाठ्यक्रमको एक श्रृंखला सञ्चालन गरेका छौँ।”
वास्तवमा, केवल श्रीलङ्कामा मात्र होइन, हाम्रो छिमेकी नेपालमा पनि मानिसहरूको चिनियाँ भाषा अध्ययन गर्ने उत्साह अत्यन्तै उच्च छ। अहिले, नेपालको एक कक्षामा, चिनियाँ भाषा पाठ्यक्रम सञ्चालन भइरहेको छ।
“चिनियाँ शब्द‘चाङ’को अर्थ वर्ष बढी हो, र‘चाङ श्योङ’भनेको के हो? आफूभन्दा वर्षमा ठूलो भएको दाइ हो……"
यस पाठ्यक्रमका शिक्षक सु चङ च्व्यी चीनको शिक्षा मन्त्रालयको चिनियाँ अन्तर्राष्ट्रिय भाषा शिक्षा सहयोग केन्द्रका एक स्वयंसेवक हुन्। उनले नेपालका जनतालाई चिनियाँ भाषा सिकाउने र चिनियाँ संस्कृति फैलाउने तरीकामा आफ्नो व्यक्तिगत विचारहरू गरेका छन्।
“नेपाली विद्यार्थीहरु सबै शून्यमा छन्, फिन यिनबाटै पढ्न सुरु गर्नुपर्ने हुन्छ। उनीहरूले भाषाको आधार पाएपछि मात्र म चिनियाँ संस्कृति पढाउन सक्छु। उदाहरणका लागि, आज मैले ‘छाङ’र ‘चाङ’को कुरा गरेँ , यो चिनियाँ परम्पराले उनीहरूलाई चीन र नेपालका संस्कृति बीचका भिन्नता र सम्बन्ध बुझ्नमा सहयोग पुर्याउने छ।”
यो चिनियाँ भाषा प्रशिक्षण कक्षा नेपालका पर्यटन क्षेत्रका व्यक्तिहरूका लागि विशेष रूपमा तयार गरिएको छ, प्रत्येक कक्षाको अवधि ६ महिना हुन्छ। तर चकित पार्ने कुरा के हो भने प्रत्येक कक्षामा पर्यटनसँग सम्बन्धित नभएका धेरै व्यक्तिहरुले भाग लिएका छन्। चिनियाँ भाषा अध्ययन गर्नुको कारणका बारेमा कुरा गर्दा, एउटा विद्यार्थीले यसरी भने:
“चीन र नेपाल मित्र राष्ट्र हुन्। धेरै चिनियाँ साथीहरू नेपालमा पर्यटन र व्यापार गर्न आउँछन्, जसले हाम्रो पर्यटन उद्योग र आर्थिक विकासलाई समर्थन पुर्याउँछ, त्यसैले म यहाँ चिनियाँ भाषा अध्ययन गर्न आएको हुँ।”