सातौँ आयात एक्स्पोमा ७७ राष्ट्रहरु र अन्तर्राष्ट्रिय संगठनहरु सहभागी
2024-11-04 16:02:06cri
Share with:

   सातौं वार्षिक आयात एक्स्पो आउँदै छ। यस एक्स्पोमा सहभागी हुने राष्ट्रहरू झन् झन् बढ्दै गएको देखिन्छ। विभिन्न नयाँ उत्पादन वस्तुनयाँ विचारधारानयाँ सेवानयाँ उपलब्धिहरु टाढाबाट आएका छन्।

 

यस सातौँ आयात एक्स्पोको मिलिजुली प्रदर्शन क्षेत्रका जिम्मेवार व्यक्ति चाङ शन मिनका अनुसार जम्मा गरी ७७ राष्ट्रहरु र अन्तर्राष्ट्रिय संगठनहरुले यस एक्स्पोमा भाग लिने सुनिश्चित भएको छ भने यो संख्या गत एक्स्पोभन्दा बढी छ।

 

विभिन्न सहभागी राष्ट्रहरुले विशेषतायुक्त प्रदर्शन शैलीमार्फत विभिन्न राष्ट्रहरुको उच्च स्तरीय विकासठूलो सहयोगात्मक संचिति शक्तियुक्त व्यवसाय र क्षेत्र देखाउने छन्। यसबाहेक यस एक्स्पोले १९ वटा सबभन्दा कम विकसित राष्ट्रहरुको उत्कृष्ट उत्पादनलाई चीन लगायत विश्वव्यापी बजारमा भित्र्याउन मञ्च तथा पुल सिर्जना गर्नेछ।

 

यस वर्ष चीन र तान्जानियाबीचको दत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव हो। प्रमुख अथिति राष्ट्रको रुपमा तान्जानियाले आफ्नो राष्ट्रिय मण्डपलाई चीन अफ्रिकाबीचको मित्रताको पुलप्रकृति र संस्कृतिबीचको सिम्फनीभन्ने मुख्य विषय बनाएको छ। यस राष्ट्रिय मण्डपमा चीन र तान्जानियाको सहयोगमा रेलमार्ग निर्माणको उल्लेखनीय उपलब्धिप्रचुर विशेषतायुक्त उत्पादनहरु प्रदर्शनी गरिनेछ।