चीनसम्बन्धी पलाउको भनाइबारे चीनको प्रतिकृया
2024-11-04 16:47:25cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले विश्वमा १८३ वटा मुलुकले एक चीन नीतिको धारमा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको भन्दै एक चीन नीतिमा अडिग रहने ऐतिहासिक प्रवृत्ति रोक्न नसकिने विचार व्यक्त गर्नुभएको छ।

 

४ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले पत्रकारसँग चीनसम्बन्धी पलाउ नामक टापू देशको भनाइबारे कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँले हाल पलाउ लगायत निकै थोरै मुलुकले थाइवानसँग तथाकथित “कूटनीतिक” सम्बन्ध कायम गरेको जुन ती आफ्नै मुलुक तथा जनताको हित र संयुक्त राष्ट्र संघीय महासभाको नं २७५८ निर्णय विपरीत हुनुका साथै चीनको राष्ट्रिय सार्वभौमिकतालाई पनि हानी पुर्याएको छ र त्यसलाई सच्याउनुपर्ने दोहोर्याउनुभयो।

 

अन्तर्राष्ट्रिय कानुनी दायित्व पूरा गरी जति सक्दो चाँडो इतिहासको सही बाटोमा उभिएर आफ्नै मौलिक र दीर्घकालीन चासो अनुरूप सही निर्णय लिन चीनले ती मुलुकलाई ताकिता गरेको पनि प्रवक्ता माउ निङले उल्लेख गर्नुभयो।