‘नयाँ युग, साझा भविष्य’ भन्ने मूल नारासहित सातौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नभेम्बर ५ तारिख बिहान १० बजे शुरु भएको छ। साथै होङ छ्याउ अन्तर्राष्ट्रिय आर्थिक मञ्च पनि जारी छ।
यस वर्षको शाङहाई एक्स्पोमा के कस्ता ‘शीर्ष सामानहरू’ र ‘नयाँ उत्पादनहरू’ प्रदर्शित गरिँदै छ?
धेरैभन्दा धेरै उच्च प्रविधिहरु हाम्रो दैनिक जीवनमा प्रवेश भइरहेको एक्स्पोमा देख्नपाइन्छ। ह्युमनोइड रोबोटहरू, मानवरहित वाहनहरू लगायत "शीर्ष सामानहरू" गरी यस वर्षको एक्स्पोमा ४०० भन्दा बढी नयाँ उत्पादन, नयाँ प्रविधि र नयाँ सेवाहरू प्रदर्शनमा राखिएको बताइएको छ।
यस पटकको एक्स्पोमा १२९ वटा देशहरू र क्षेत्रहरूबाट आएका जम्मा गरी ३,४९६ प्रदर्शकहरूले भाग लिएका छन्। भाग लिने देश र क्षेत्रहरू तथा उद्यमहरूको संख्या अघिल्लो एक्स्पो भन्दा बढी छ। विश्वका शीर्ष ५०० उद्यमहरु र अग्रणी उद्यमहरूमध्येका २९७ ले एक्सपोमा भाग लिएका छन्, जसले एक नयाँ रेकर्ड सिर्जना गरिएको छ।