सन् २०२३को जुलाइ ११ तारिख ७जना विशेषज्ञद्वारा गठित चिकित्सा टोली तिब्बती छाङतु शहरी लोलुङ जिल्ला खाङशा बस्ति गएर स्थानीय बासिन्दाका लागि निःशुल्क चिकित्सा दिएको थियो। सो अवसरमा पैचिङ छिङह्वा विश्वविद्यालय अस्पतालका चिकित्सक चाङ सिनह्वीले रोगको लागि स्क्रिनिङ गर्ने प्रक्रियामा स्कोलियोसिस रोग लागेको केटा साङतिङच्याछोलाई भेट्नुभयो।
सन् २०२३ नभेम्बर १४ तारिख सिचाङ (तिब्बत) स्वायत्त प्रदेशीय छाङ तु शहरबाट जनकल्याणकारी गतिविधिमार्फत् उपचार लिनका लागि पहिलो खेपका रोगीहरू पैचिङ पुगेका थिए। त्यसमध्ये साङतिङलगायत ८ जना स्कोलियोसिस रोगी र एकजना खोडे रोगी हुन्। कर्मचारीको सहयोगमा सौतेला पिता छ्युयाङलचुको साथमा साङतिङले चिनियाँ जनमुक्ति सेनाको जनरल अस्पतालको चौथो मेडिकल सेन्टरमा बसेर अझै ठोस जाँच लिएका थिए। डिसेम्बर ५ तारिख साङतिङले पैचिङ विश्वविद्यालयको पहिलो अस्पतालमा स्थानान्तरण गरेर ट्रैक्शन थेरेपी लिएका थिए। प्राप्त जानकारीअनुसार पहिला साङतिङको उचाइ १.६मिटरभन्दा होचो थियो। ट्रैक्शन थेरेपी उपचार लिएपछि उनी १४ सेन्टिमिटरले "अग्लो" भए।
उनीहरूलाई उपचार दिने चिकित्सक पैचिङ विश्व विद्यालयको प्रथम अस्पतालअन्तर्गत अर्थोपेडिक्स विभागका प्रमुख ली छुनद हुनुहुन्छ। उहाँले पनि सन् २०२३ तिब्बती छाङतुमा चिकित्सा सार्वजनिक कल्याण गतिविधिमा भाग लिनुभयो। ली छुनदले लगभग ३० वर्षदेखि चिकित्सा पेसा अपनाउँदै आउनुभएको छ। अर्थोपेडिक स्पाइन चिकित्सा क्षेत्रमा उहाँको समृद्ध अनुभव र सीप छ। उहाँका अनुसार, “मेरुदण्डको गम्भीर विकृतिको कारणले रोगीको शरीर धेरै कठोर छ। तर उपचारको लागि उत्तम समय गुमाएको थियो। हामीले परामर्श र विश्लेषण गरेर मेरुदण्डको लचिलोपन, उचाइ र उमेर अनुसार योजना तयार गरेर व्यक्तिगत उपचार गरेका छौं।”
चिकित्सक ली छुनदले साङतिङको पिठ्यूँमा समातेर भन्नुभयो
“यो केटा कति सुन्दर देखिन्छ। उच्च माध्यमिक विद्यालयमा पढिरहेका छन्। यस्तो रोगबाट भविष्यको विकासमाथि प्रभाव पारिनु कति लाजमर्दो। किशोरावस्थामा केटा-केटीले आफ्नो उपस्थितिको कारण मनोवैज्ञानिक समस्या भोग्नेछन्। हामीले शल्यक्रियाबाट शरीरको स्वास्थ्यलाई पुनर्स्थापित मात्र नगरी, मानसिक स्वास्थ्यको लागि पनि ठूलो मद्दत प्रदान गर्दछौं। ”
सिचाङमा निःशुल्क चिकित्सा गतिविधिमा भाग लिंदै चिकित्सक ली छुनदले तत्स्थानमा रोगबारे बुझ्ने स्तर नपुगेर धेरै रोगीहरूलाई समयमै उपचार नगरिएको बताउनुभयो। उहाँले प्रचार तथा शिक्षा र चिकित्सा एकाइबीचको सहयोगबाट स्थानीय क्षेत्रमा भरपर्दो चिकित्साकको तालिम गरेर सिचाङको चिकित्सा स्तर नयाँ स्तरमा उकास्ने आशा गर्नुभएको छ। जसबाट तिब्बती रोगीहरू तत्स्थानमा शल्यक्रिया सेवा प्राप्त गर्नसक्नेछन्।