शारदीय बेइजिङमा देखिन्छ लाल पात
2024-11-05 11:26:53CRI
Share with:
शरद ऋतुको अन्त्यतिर बेइजिङ निकै नै रङ्गीन बन्नपुग्छ। बेइजिङस्थित विभिन्न पार्क तथा पहाड साथै सडकसमेत पहेँला र राता पातहरूले ढाकिने गर्दछ। यसै शरदमा लाल पातको डाँडा भनेर चिनिने पोफङलिङ पहाडको अवलोकन अझै खास हुन्छ। १ लाखभन्दा बढी रातो पात भएका वनस्पतिहरू बीच पोफङलिङ आरोहण क्यानभासमा हिँडेजस्तो अनुभव गर्न सकिन्छ।
यो पोफङलिङ बेइजिङ शहरबाट ५२ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित छ।
Video by #AjayaAloukik
www.facebook.com/AjayaAloukik/