नयाँ गुणस्तरीय उत्पादन शक्ति र नयाँ ऊर्जा भण्डारणको विकासमा केन्द्रित होङछ्याओ अन्तर्राष्ट्रिय आर्थिक मञ्च शुरु
2024-11-06 10:14:30CRI
Share with:

६ दिने सातौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ तारिखका दिन शाङहाईमा शुरु भएको छ। उक्त एक्स्पोको एक महत्वपूर्ण भागको रूपमा रहेको सातौँ होङछ्याओ अन्तर्राष्ट्रिय आर्थिक मञ्च पनि सोही दिन शुरू भएको छ। जहाँ "उच्च-स्तरीय खुलापनको पालना गर्दै समावेशी आर्थिक विश्वव्यापीकरणलाई अघि बढाउने" विषयमा केन्द्रित रहेर जम्मा गरी १९ वटा उप-मञ्चहरूको आयोजना गरिने छन्।

चीनबाट विश्वलाई विकासका अवसर प्रदान

नोभेम्बर ५ तारिख सातौँ होङछ्याओ अन्तर्राष्ट्रिय आर्थिक मञ्च अन्तर्गत "विश्व व्यापार संगठनको ३० वर्ष र चीन: इतिहास र परिवर्तन" भन्ने शीर्षक मञ्चको आयोजना गरिएको छ जसले विगत ३० वर्षमा डब्ल्यूटीओको विकास अनुभव र प्रबुद्धताको सिंहावलोकन गरेको छ। सो मञ्चमा सहभागीहरूले सन् २००१ मा विश्व व्यापार संगठनमा सामेल भएयता विश्व अर्थतन्त्रको विकासमा चीनले पुर्याएको महत्वपूर्ण योगदानको पूर्ण रूपमा पुष्टि गर्दै विश्व व्यापार संगठन सुधारका प्रमुख क्षेत्रहरू र चीनको संस्थागत खुलापनको निरन्तर विस्तारबारे पनि छलफल गर्नुभएको छ। मञ्चमा सहभागी विज्ञहरूले बहुपक्षीय व्यापार प्रणालीका लागि चीन एक कट्टर रक्षक र महत्वपूर्ण योगदानकर्ता रहेको भन्दै प्रशंसा गर्नुभएको छ। साथै उहाँहरूले चीनले सुधारलाई अझ गहन बनाउने र विश्व व्यापार संगठनको एक प्रमुख देशको रूपमा थप जिम्मेवारीहरू ग्रहण गर्ने अपेक्षा पनि व्यक्त गर्नुभएको छ।

नयाँ गुणस्तरिय उत्पादन शक्तिको विकासमा प्रयासरत

'आर्टिफिसियल इन्टेलिजेन्सबाट नयाँ उद्योगमा ऊर्जा थप्ने' विषयक उपमञ्चमा चिनियाँ तथा विदेशी विज्ञ तथा विद्वानहरूले संयुक्त रूपमा नयाँ औद्योगीकरणमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको अनुसन्धान र विकास एवम् अनुप्रयोगको विषयमा केन्द्रित गरी आर्टिफिसियल इन्टेलिजेन्सको भविष्यको विकासबारे राय-सुझाव दिनुभएको छ। यस उपमञ्चमा विशेषज्ञहरूले सामान्यतया के विश्वास व्यक्त गर्नुभएको छ भने वर्तमान विश्व एक शताब्दीमा नदेखिने प्रमुख परिवर्तनहरूबाट गुज्रिरहेको छ र कृत्रिम बुद्धिमत्ता र नयाँ औद्योगीकरणको गहिरो एकीकरणलाई जोडदार रूपमा बढाउन, विश्वका उन्नत अवधारणाहरू र प्रविधिहरूको आदानप्रदान र पारस्परिक शिक्षालाई सबल पार्न, चीनलाई नयाँ औद्योगीकरणको प्रवर्द्धनलाई गति दिन र नयाँ गुणस्तरिय उत्पादन शक्तिको विकास गर्न मद्दत गर्नु आवश्यक छ।

नयाँ ऊर्जा भण्डारणले भविष्यको ऊर्जा क्रान्तिलाई गतिशील पार्दै

यस वर्ष, नयाँ ऊर्जा भण्डारणको विकासलाई पहिलो पटक चीनको "सरकारी कार्य प्रतिवेदन"मा लेखिएको छ र चीनको आर्थिक विकासका लागि "नयाँ चालक शक्ति" को रूपमा यसको स्थिति व्यापक रूपमा मान्यता प्राप्त भएको छ।

नोभेम्बर ५ मा आयोजित सातौँ होङछ्याओ अन्तर्राष्ट्रिय आर्थिक मञ्च "नयाँ ऊर्जा भण्डारणले भविष्यको ऊर्जा रूपान्तरणलाई गतिशील पार्ने" शीर्षकको उप-मञ्चमा, अतिथिहरूले नयाँ ऊर्जा भण्डारण प्रविधिहरू, नयाँ विकासहरू र नयाँ प्रवृत्तिहरूमा गहन रुपमा छलफल गर्नुभएको छ। सो मञ्चमा अतिथिहरूले चीनको नयाँ ऊर्जा भण्डारण विकास द्रुत पथमा प्रवेश गरेको र स्वच्छ, कम कार्बन, सुरक्षित र कुशल ऊर्जा प्रणालीको निर्माणलाई बढाउनको लागि चीनको बुद्धि र शक्तिमा योगदान पुर्याउने विचार प्रकट गर्नुभएको छ।