चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै समाज कार्यका लागि महत्वपूर्ण निर्देशन दिनुभएको छ।
उहाँका अनुसार सामाजिक कार्य कम्युनिष्ट पार्टी र राष्ट्रिय कार्यको महत्वपूर्ण भाग हो भने पार्टीको दीर्घकालीन सत्ता र राष्ट्रको दीर्घकालीन शान्ति तथा शासनसित घनिष्ट रुपमा सम्बन्धित छ।
नयाँ युगमा कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले श्रृंखलाबद्ध महत्वपूर्ण नियम तर्जुमा गर्दै सामाजिक कार्यको प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै सीले वर्तमान चीनमा सामाजिक बनौटमा गहन परिवर्तन र विशेष नयाँ विकसित क्षेत्रहरु द्रूत विकास भैरहेको बताउनुभयो। नयाँ आर्थिक तथा सामाजिक संगठनहरु ठूलो परिमाणमा जन्मिरहेकोतर्फ संकेत गर्दै सीले नयाँ रोजगार समूहको परिमाण लगातार विस्तार हुँदै गएको बताउनुभयो।
सीका अनुसार सामाजिक कार्यका सामु नयाँ परिस्थितिको नयाँ कार्यभार देखापरेको छ। यसका लागि नयाँ जिम्मेवारी बहन र नयाँ गतिविधि सम्हाल्नुपर्छ। त्यसैले नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवाद विचारधारालाई निर्देशनको रुपमा जनतालाई केन्द्रमा राख्दै चिनियाँ विशेषतायुक्त समाजवादको सामाजिक शासनमार्गमा हिँद्दै जानुपर्छ।