अन्तर्राष्ट्रिय ओलम्पिक आयोगका अध्यक्ष बाखद्वारा सीएमजीको उच्च मूल्याङ्कन
2024-11-06 14:46:19CRI
Share with:

नोभेम्बर ५ तारिख, अन्तर्राष्ट्रिय ओलम्पिक आयोगको डिजिटल व्यवसाय तथा बजारको विकास आयोगको बैठक अनलाइन र अफलाइन तरिकामार्फत् आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक आयोगका अध्यक्ष बाखले बैठकलाई सम्बोधन गर्दै चाइना मिडिया ग्रुप (सीएमजी) को नवीन प्रविधिको विकास तथा पेरिसको फ्रान्सेली खेलकुद मैदानमा सीएमजीको प्रसारणको फलदायक नतिजाहरूको उच्च मूल्याङ्कन गर्नुभएको छ। उहाँले दुई पक्ष बीचको व्यावहारिक सहयोग गहन हुँदैजाने अपेक्षा पनि व्यक्त गर्नुभयो।

बाखले व्यक्त गर्नुभयो, ‘सीएमजीको पैचिङ शरद ओलम्पिक खेलकुद र पेरिस ओलम्पिक खेलकुदबारेका प्रसारणको संख्या र गुणस्तरमा उत्तम छन्, सीएमजीको प्रयासका लागि धेरै धन्यवाद छ। विशेष गरी, पेरिस ओलम्पिक खेलकुदको अवसरमा, सीएमजीले टेबलटेनिस, ब्याडमिन्टन, रक क्लाइम्बिङ र जिमनास्टिक्स गरी यी चारवटा खेल कार्यक्रमहरूमा अन्तर्राष्ट्रिय सार्वजनिक संकेत सफलताका साथ पूरा गरेको छ जसले सीएमजीका धेरै क्षेत्रहरूको प्रगति र नवीनता देखाउँछ र सम्बन्धित प्रसारणको संख्या लगभग ७७ अर्ब पटक पुगेकोले सीएमजीले पनि गर्व मान्नुपर्छ र तपाईँहरूलाई बधाई व्यक्त गर्दछु!’

अन्तर्राष्ट्रिय ओलम्पिक आयोगको डिजिटल व्यवसाय तथा बजारको विकास विभागका प्रमुख लारोसाले पनि सीएमजीले ओलम्पिक कार्यहरूमा गरेको प्रयास र समर्थनका लागि धन्यावाद व्यक्त गर्नुभयो।

सो बैठकमा अन्तर्राष्ट्रिय ओलम्पिक आयोगको डिजिटलीकरण रणनीतिक क्रम, ई-खेल प्रतियोगिता, कृत्रिम बुद्धिमत्ता र डिजिटल व्यवसायको विकास प्रवृत्ति लगायतका मुद्दाहरूमा छलफल गरिएको छ।

चालु वर्षको जुलाईमा सीएमजी र अन्तर्राष्ट्रिय ओलम्पिक आयोगले ई-खेल प्रतियोगिता सहकार्य सम्झौता-पत्रमा हस्ताक्षर गरेका थिए, दुई पक्षले सो क्षेत्रमा गहन सहकार्य गर्दैआएका छन्।