आयात एक्स्पो कसरी पुनर्जीवित गर्ने?
2024-11-06 16:08:29cri
Share with:

सातौं चीन आयात  एक्स्पो 5 देखि 11 तारिखसम्म चीनको सांघाईमा आयोजना भइरहेको छ। 152 देश, क्षेत्रहरू र अन्तर्राष्ट्रिय संगठनका नेताहरू तथा राजनीतिक, व्यापारिक र शैक्षिक प्रतिनिधिहरूले यस एक्स्पोको उद्घाटन समारोहमा भाग लिएका छन्।

 

129 देश तथा क्षेत्रका 3 हजार 4 सय 96 प्रदर्शकहरूले यस प्रदर्शनीमा भाग लिएका छन्। यसपटक सहभागी देश तथा क्षेत्रहरू र कम्पनीहरूको संख्या अघिल्लोको भन्दा बढी छ। विश्वका शीर्ष 500 उद्योगका 2 सय 97 अग्रणी उद्यमहरू छन् भने ऐतिहासिक उच्च रेकर्ड सिर्जना गरिएको छ।

 

चम्किला तथ्याङ्कहरूले पुष्टि गर्दछन् कि चीन बजारको "चुम्बकीय आकर्षण" र चीनले सबै पक्षहरूसँग खुलापन, सहयोग र पारस्परिक लाभ र जीत-जित परिणामहरू प्राप्त गर्ने इच्छा जाहेर गरेको छ।

 

तथ्याङ्कले देखाउँछ कि अघिल्ला ६ वटा आयात एक्स्पोहरूमा लगभग 2 सय 500 प्रतिनिधि नयाँ उत्पादनहरू, नयाँ प्रविधिहरू र नयाँ सेवाहरू अनावरण गरिएका थिए जसको संचयी उद्देश्य लेनदेन मात्रा 420 बिलियन अमेरिकी डलरभन्दा बढी थियो, जसले बहुराष्ट्रिय कम्पनीहरूको लागि व्यापक विकास अवसर सिर्जना गर्यो।

 

हाल चीन सरकारले आन्तरिक मागको सम्भाव्यतालाई अगाडि बढाउन वृद्धिशील नीतिहरू अगाडि सारेको छ। यस एक्स्पोमा चीनले संस्थागत खुलापनलाई थप विस्तार गर्ने, अन्तर्राष्ट्रिय उच्च स्तरको आर्थिक र व्यापार नियमहरूसँग सक्रिय रूपमा पङ्क्तिबद्ध गर्ने र स्वतन्त्र व्यापार बजारको विस्तार गर्ने बताएको छ।

 

फराकिलो परिप्रेक्ष्यबाट हेर्दा विश्वको आर्थिक सुधार सुस्त रहेको र केही देशहरू "डिकपलिङ् र विच्छेदन" को पृष्ठभूमिमा एक्स्पोले खुला विश्व अर्थतन्त्र निर्माणको लागि एक बहुमूल्य प्लेटफर्म निर्माण गरेको छ। सबै पक्षहरूको सहयोग र सहमतिले चीन र "विश्व दक्षिण" देशहरूको साझा विकासलाई नयाँ गति दिएको छ र संरक्षणवादको प्रतिरोधको विरुद्ध प्रभावकारी रूपमा पाइला चालेको छ।

"नयाँ युग, साझा भविष्य" - यो आयात एक्स्पोको विषयवस्तु र विश्वप्रति चीनको दृढ प्रतिबद्धता हो। "विश्वमा किन्ने, संसारमा बेच्ने", "प्रदर्शनी वस्तुमा परिणत हुने, प्रदर्शकहरू लगानीकर्तामा परिणत हुने" देखि, नयाँ उत्पादक शक्तिहरूको विकाससम्म हरेक आयात एक्स्पोले नयाँ विचारधारा देखाएको छ। अपरिवर्तनीय र विदेशका लागि चीनको खुलापनको भावना पनि प्रकट भएको छ।