नोभेम्बर ६ तारिख, चिनियाँ प्रधानमन्त्री ली छ्याङले ग्रेटर मेकाङ उपक्षेत्रमा आर्थिक सहयोगसम्बन्धी नेताहरूको आठौँ सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहनुभएका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासाजी असाकावासँग भेटवार्ता गर्नुभएको छ।
भेटवार्तामा चिनियाँ प्रधानमन्त्री लीले जानकारी दिँदै भन्नुभयोः यस वर्षको सुरुदेखि नै चीनको आर्थिक सञ्चालन सामान्यतया स्थिर र प्रगतिशील रहेको छ र यसले एसिया लगायत विश्वको आर्थिक विकासमा सकारात्मक योगदान पुर्याइरहेको छ। एडीबीको प्लेटफर्ममार्फत विकासमा ध्यान केन्द्रित गरी वित्तीय र ज्ञानमा आधारित सहयोगलाई सुदृढ गर्नुका साथै गरिबी न्यूनीकरण, डिजिटल अर्थव्यवस्था र हरित विकासमा चीनको उपयोगी अनुभव अन्य विकासशील देशहरूसँग साटासाट गर्न चीन इच्छुक रहेको पनि उहाँले बताउनुभयो। चीन ग्रेटर मेकोङ उपक्षेत्रमा आर्थिक सहयोगमा सक्रिय रूपमा भाग लिँदै क्षेत्रीय विकास र समृद्धिलाई बढाउन विभिन्न पक्षहरूसँग काम गर्न इच्छा चीनले लिएको पनि प्रधानमन्त्री लीले जनाउनुभयो।
सोही अवसरमा एडीबीका अध्यक्ष असाकावाले एडीबी चीनसँग अझ बलियो र अधिक व्यापक सहयोगात्मक सम्बन्धको विकास गर्न प्रतिबद्ध रहेको प्रकट गर्नुभयो। साथै उहाँले चीनको उच्च गुणस्तरीय विकासमा समर्थन जारी राख्दै हरित तथा कम कार्बन विकास र नवप्रवर्तनमा हुने सहयोगलाई सुदृढ गर्न इच्छुक रहेको पनि बताउनुभयो।