चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र मलेशियाका प्रधानमन्त्रीबीच पैचिङमा भेटवार्ता
2024-11-07 19:46:03cri
Share with:

नोभेम्बर ७ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित जन बृहत् सभा भवनमा चीनको भ्रमणमा रहनुभएक मलेशियाका प्रधानमन्त्री न्वारसँग भेट-वार्ता गर्नुभएको छ।

 

सो अवसरमा सी चिनफिङले हाल चीन र मलेशिया -फ्नै देशको विकास र पुनरुत्थानको महत्वपूर्ण अवधिमा रहेको भन्दै दुवै पक्षले चीन र मलेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव र “चीन-मलेशिया मैत्रीपूर्ण वर्ष”को सुअवसर समातेर चीन-मलेशिया भाग्य समुदायको निर्माणलाई गहनताका साथ प्रवर्द्धन गर्नुपर्ने दोहोर्याउनुभयो। एसियाका विकासोन्मुख मुलुक र उदीयमान अर्थतन्त्रका महत्त्वपूर्ण प्रतिनिधिको रूपमा चीन र मलेशियाले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा आपसी सल्लाहला बढाएर अन्तर्राष्ट्रिय निष्पक्ष र विकासोन्मुख मुलुकका साझा हितको संरक्षण गर्नुपर्ने कुरामा पनि सी चिनफिङले जोड दिनुभयो।

 

प्रत्युत्तरमा मलेशियाली प्रधानमन्त्री न्वारले राष्ट्राध्यक्ष सी चिनफिङले उठाउनुभएको मानव भाग्य समुदायलगायत महत्वपूर्ण अवधारणहरूले विभिन्न सभ्यताबीच सहिष्णुता र पारस्परिक शिक्षालाई बढावा दिनुका साथै "ब्रिक्स प्लस" सहयोगको प्रवर्द्धनमा नेतृत्व गर्ने रणनीतिक राय र सुझाव प्रदान गरेको चर्चा गर्नुभयो। यसबाट मानव सभ्यताको प्रगति र जनताको चासो र कल्याणको लागि गहिरो भावना र बौद्धिक जिम्मेवारीलाई मूर्त रूप दिइएको भन्दै उहाँले विश्वव्यापी दक्षिणको साझा आकांक्षाको प्रतिनिधित्व गरिएको व्यक्त गर्नुभयो। मलेशिया सरकारले चीनसँग व्यापक रणनीतिक साझेदारी सम्बन्धला अरू गहन पारी सूचना प्रविधि, डिजिटल अर्थव्यवस्था, ऊर्जालगायत क्षेत्रका सहयोगला प्रवर्द्धन गर्ने पनि उहाँले बताउनुभयो।