चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १९औँ जी-२० शिखर सम्मेलनमा भाग लिनुअघि र उहाँको ब्राजिलको राजकीय भ्रमणअघि चाइना मिडिया ग्रूपको उच्चस्तरीय चलचित्र तथा टेलिभिजन कार्यक्रमको ब्राजिल प्रसारण हालै साओ पाउलोमा शुरु भएको छ। योसँगै ब्राजिल बक्स मिडिया ग्रुप, ब्राजिलियन फ्ल्यागबेयरर टिभी, ब्राजिल न्यू नर्थईस्ट टिभी र ब्राजिल सीबी मिडिया लगायत १० भन्दा बढी स्थानीय मूलधारका मिडियाहरुमा ‘सी चिनफिङसँग भेट’ लगायत २० भन्दा बढी उच्च गुणस्तरीय फिल्म र टेलिभिजन कार्यक्रमहरुको प्रसारण हुनेछन्।
चाइना मिडिया ग्रूपका महानिर्देशक शन हाइस्योङले भिडियो सम्बोधन पनि गर्नुभएको छ।
ब्राजिल बक्स मिडिया ग्रुप, ब्राजिल फ्ल्यागबेयरर टिभी, ब्राजिल न्यू नर्थईस्ट टिभी, ब्राजिल सीबी मिडिया लगायत धेरै स्थानीय मूलधारका मिडियाहरूमा ‘सी चिनफिङसँग भेट’, ‘थ्री-बडीज्’ र ‘चिनियाँ किम्वदन्तीहरु" लगायत २० भन्दा बढी उच्च गुणस्तरीय वृत्तचित्रहरू, चलचित्र र टेलिभिजन श्रृंखलाहरुको अनुवादित संस्करण कार्यक्रमहरू प्रसारण गरिने भएको छ।
उक्त प्रसारण कार्यक्रम सन् २०२५ को जुनसम्म चल्ने बताइएको छ। ब्राजिलियन फ्ल्यागबेयरर टिभी, ब्राजिल फोरम, ब्राजिलियन स्क्रिन लाइफ र प्रोजेक्शनिस्ट लगायत ब्राजिलियन मूलधारका मिडियाहरुले प्रदर्शनी र प्रसारण कार्यक्रमको बारेमा रिपोर्ट पनि गरेका छन्।