चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको 'साथीको सर्कल' विस्तार हुँदै
2024-11-08 10:08:26CRI
Share with:

नोभेम्बर ५ देखि शाङहाईमा सातौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना भइरहेको छ। यस वर्षको आयात एक्स्पोमा ७७ देश र अन्तर्राष्ट्रिय संगठनहरूको सहभागिता छ भने १२९ देश र क्षेत्रका ३४९६ प्रदर्शकहरूले उद्यम प्रदर्शनीमा भाग लिएका छन्। सहभागी देश, क्षेत्र र उद्यमहरूको संख्या अघिल्लो वर्षभन्दा धेरै हो। विश्वभरका प्रदर्शकहरूले आर्थिक र व्यापारिक उत्पादनहरू मात्र नभई समृद्ध सांस्कृतिक अनुभवहरू पनि समावेश गराएका छन्। सन् २०१८ को पहिलो आयात एक्स्पोपछि निरन्तर विस्तार हुँदै विश्वमा उत्पादन वस्तुहरू प्रदर्शन गर्ने र संस्कृतिको आदानप्रदान गर्ने एक महत्त्वपूर्ण प्लेटफर्म बनेको छ।