चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले नोभेम्बर १२ तारिख एउटा बधाई पत्र पठाउँदै सुन यात-सेन विश्वविद्यालय स्थापनाको १०० औँ वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी र देशी तथा विदेशी सहपाठीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।
आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले नयाँ शुरूवातमा उभिँदा सुन यात-सेन विश्वविद्यालयले नयाँ युगको विशेषतायुक्त समाजवादी विचारधारा बमोजिम लाल जीनको उत्तराधिकार गर्दै देशका लागि अझ बढी उत्कृष्ट व्यक्ति हुर्काउनसक्ने आशा प्रकट गर्नुभएको छ। यसका अतिरिक्त देशका महत्वपूर्ण रणनीति, क्वाङ तुङ, हङकङ र मकाउ विशाल खाडीको विकास चाहनामा नजर पुर्याएर चिनियाँ विशेषता बोकेको विश्वको पहिलो स्तरीय विश्वविद्यालयको स्थापना गर्न र चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउनका लागि सुन यात-सेन विश्वविद्यालयले अझ ठूलो योगदान गर्दैजाने शुभेच्छा पनि राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभएको छ।
सुन यात-सेनले स्थापना गर्नुभएको सुन यात-सेन विश्वविद्यालयको १०० औँ वार्षिकोत्सव समारोह १२ तारिख बिहान क्वाङ चौ शहरमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् क्वाङ तुङ प्रान्तीय समितिका सचिव क्वाङ खुन मिङले सो समारोहमा राष्ट्राध्यक्ष सीको बधाई पत्र सुनाउनुका साथै सम्बोधन पनि गर्नुभएको छ।