चिनियाँ चलचित्रबाट चीन र अमेरिकाबीच सांस्कृतिक आदानप्रदान
2024-11-12 17:09:54CRI
Share with:

स्थानीय समय अनुसार, नोभेम्बर १० तारिख ४५ औँ अमेरिकन फिल्म मार्केट लसभेगासमा सम्पन्न भएको छ। सो अवसरमा चिनियाँ चलचित्रले शानदार प्रदर्शन गरेको छ। चाइना फिल्म ग्रुपअन्तर्गत चाइना फिल्म को–प्रोडक्सन कम्पनीले "चिनियाँ चलचित्र संयुक्त बुथ" को स्थापना गरेर चीनका  ५५ चलचित्र संस्थाको उच्च गुणस्तरको स्रोत जोडेर चिनियाँ चलचित्रको पछिल्लो विकास उपलब्धि प्रदर्शनगरेको छ। जसले अन्तर्राष्ट्रिय चलचित्र बजारमा नयाँ जिवित शक्ति थपेको छ।

"चिनियाँ चलचित्र संयुक्त बुथ" ले कुल २०१ चलचित्र परियोजना प्रदर्शन गरेको छ। त्यसबाहेक चीन र फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवको उपहार चलचित्र "सम्राट खाङसी र लुइस चौधौं", र चाइना मिडिया ग्रुपद्वारा निर्मित महाकाव्य स्टेज कला चलचित्र "द ग्रेट जर्नी" आदिले नयाँ युगमा रहेको चीनबारे अझ व्यापक र त्रिआयामिक रूपमा देखाएकोछ। जसले अमेरिकी बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको छ।