नोभेम्बर १२ तारिख आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा कोही सम्वाददाताले एपेकको ३१ औँ नेतागणबीच अनौपचारिक सम्मेलनबारे प्रश्न सोधेका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले दिनुभएको जवाफ अनुसार, राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सम्मेलनमा महत्वपूर्ण सम्बोधन गर्दै चीनले सुधार तथा खुलापनलाई गहन पार्ने कदमबारे चर्चा गर्नुका साथै एशिया-प्रशान्त क्षेत्रको सहयोग गर्ने चिनियाँ नीति तथा धारणाबारे व्याख्या गर्नुहुनेछ। चीनले विभिन्न पक्षसँग एपेक सम्मेलनमा सक्रिय उपलब्धि हासिल गर्ने प्रयास गर्दै क्षेत्रीय अर्थतन्त्रको एकीकरण बढाउन र एशिया-प्रशान्त क्षेत्र र विश्वको वृद्धिमा नयाँ शक्ति थप्ने गरी एशिया-प्रशान्तको भाग्य समुदायको साझा निर्माण गर्ने इच्छा लिएको छ।