एपेक सम्मेलनमा डिजिटल विकास, आपसी सम्पर्क र पारस्परिक आदानप्रदान र क्षेत्रीय सहकार्यमा नजर पुर्याइने
2024-11-12 10:32:01CRI
Share with:

नोभेम्बर १० तारिख एशिया-प्रशान्त आर्थिक सहकार्य संगठन एपेकको नेतागण सम्मेलन सप्ताह पेरूको राजधानी लिमामा शुरू भएको छ। सम्मेलनको ध्यानाकर्षणको विषयबारे चर्चा गर्दै कोलम्बिया विश्वविद्यालय मातहतको दिगो विकास केन्द्रका प्रमुख प्रा. जेफरी साक्सले डिजिटल क्रान्ति द्रुत गतिले विकसित हुँदै आएको सिलसिलामा चीन ५ जीबाट ५.५ जीको युगमा प्रवेश गरिसकेको र ६ जी प्रविधिको नेतृत्व गर्ने कुरामा जोड दिनुभएको छ।

 

प्रा. जेफरीका अनुसार, बेल्ट एण्ड रोड प्रस्ताव नै पुरै विश्वको आपसी सम्पर्क र पारस्परिक आदानप्रदानलाई अघि बढाइने मुख्य बिन्दु भएकोले विभिन्न मुलुकहरूले आपसमा संयुक्त लगानी लगाउँदै बन्दरगाह, रेलमार्ग र अप्टिकल फाइबर नेटवर्क लगायतका आधारभुत प्रबन्धको निर्माण गरी पुन:उत्पादन हुने ऊर्जाको विकासलाई प्रवर्द्धन गर्नुपर्छ।

 

चीन र आशियान, ल्याटिन-अमेरिका बीचको सहकार्य एकदमै महत्वपूर्ण भएकाले डिजिटल विकास र लगानीले विश्वव्यापी अर्थतन्त्रलाई गहिरो प्रभाव पार्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।