पेरूका राष्ट्रपतिको निमन्त्रणमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले लीमामा एपेकको ३१ औँ नेतागणबीच अनौपचारिक सम्मेलनमा सहभागी हुनुका साथै पेरूको राजकीय भ्रमण गर्नुहुँदैछ।
पेरु दक्षिण अमेरिकाको पश्चिममा र दक्षिणी गोलार्धमा प्रशान्त महासागरको पूर्वी तटमा अवस्थित छ। त्यहाँ प्राचीन इनका सभ्यताको जन्मस्थान हो। पेरू पर्वतीय क्षेत्र हो र विश्वको सबैभन्दा लामो एन्डिज पर्वत शृङ्खला पेरूभरि फैलिएको छ।
पेरु जन गणतन्त्र चीनसँग दौत्य सम्बन्ध स्थापना गर्ने र चौतर्फी रणनीतिक साझेदारी स्थापना गर्ने पहिलो ल्याटिन अमेरिकी देशहरूमध्येको एक हो। मित्र चीनसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने पहिलो ल्याटिन अमेरिकी देश पनि हो।
केही वर्षमा, दुई देशका राष्ट्रनायकको रणनीतिक मार्गदर्शनमा चीन र पेरूको सहयोगले विभिन्न क्षेत्रमा फलदायी उपलब्धि हासिल गरेको छ। व्यावहारिक सहयोग परियोजनाहरूले स्थानीय आर्थिक विकास र जन जीवनको सुधारमा सक्रिय योगदान दिएको छ।