पेरू सरकारी पदाधिकारीले चीनले सक्रिय रूपमा एपेकको विकासमा नेतृत्व गरेर अन्तर्राष्ट्रिय सहकार्यको मुख्य अभियन्ता, सहजकर्ता र सहभागिता दर्शाएको बताए। धेरै राजनीतिज्ञ र विद्वानले एशिया-प्रशान्त क्षेत्रीय अर्थतन्त्रले खुला तथा सहिष्णु विश्व अर्थतन्त्रको निर्माणलाई बढाएर विश्व पृथकतामा पर्न नदिने ठहर लिएका छन्। नोभेम्बर १३ तारिख आयोजित चिनियाँ परराट्रमन्त्रालयको पत्रकार सम्मेलनमा सम्वाददाताले यसबारे प्रश्न सोधेका छन्।
प्रश्नको उत्तर दिँदै प्रवक्ता लिन च्यानले एशिया-प्रशान्त विश्वको अर्थतन्त्रमा सबैभन्दा ऊर्जावान क्षेत्र हुनुका साथै विश्वको आर्थिक वृद्धिको महत्वपूर्ण इन्जिन भएको बताउनुभयो। चीनले एपेकको ३१ औँ नेतागणबीच अनौपचारिक सम्मेलनमार्फत् साँच्चिकै बहुपक्षीयता र खुला क्षेत्रीयतावादको पालना गरी उच्च गुणस्तरीय विकास तथा उच्च स्तरीय खुलापनानर्फत् एशिया-प्रशान्तका साझेदारीलाई अझ बढी अवसर सिर्जना गर्दै एशिया-प्रशान्तको भाग्य समुदायको साझा निर्माण गर्ने इच्छा लिएको छ।