"सुन चको सैनिक रणकौशल" भन्ने ग्रन्थ प्रशस्त मूल्यावान् दार्शनिक विचारधाराले भरिपूर्ण छ। जस्तो कि त्यसमध्येको "आफू र विपक्षी दुबैको बारेमा जानकारी भएमा हरेक लडाईंमा विजय प्राप्त भइहाल्छ" भन्ने यो भनाइ अब सर्वसाधारणको जिभ्रोमा झुण्डिने वाक्य भइसकेको छ।" सुन चको सैनिक रणकौशल" मा द्बन्दात्मक विचारधारा पनि निहित छ। त्यो पुस्तकमा युद्धसित सम्बन्धित अनेकन् अन्तर्विरोधको प्रतिव्दन्व्दिता र एक-अर्कामा हुने परिवर्तन बारे अन्वेषण र छलफल गरिएको छ। जस्तो कि शत्रु र आफ्नो पक्ष, आक्रमण र प्रत्याक्रमण, बहुसंख्या र अल्पसंख्या, शक्तिशाली र कमजोर, विजय र पराजय, फाइदा र बेफाइदा आदि।" सुन चको सैनिक रणकौशल" भन्ने ग्रन्थले ठीक यस्ता किसिम-किसिमका अन्तर्विरोध तथा त्यो परिर्वतित हुने पूर्वशर्त बारे अनुसन्धान गरेको आधारमा युद्धको रणनीति र युद्धकौशल प्रस्तुत गरेको छ। यसमा अभिव्यक्त गरिएको व्दन्व्दात्मक विचारधाराले चीनको व्दन्व्दात्मक विचारधाराको इतिहासमा निकै महत्वपूर्ण स्थान ओगटेको छ।
सेना र युद्ध बारे चर्चा गरिएको यस "सुन चको सैनिक रणकौशल" नामक ग्रन्थ "चलाखी, युद्धकला" र "धूर्तता र कपट"ले भरिपूर्ण छ। जसलाई हरेक वंश र सरकारका सैनिक योजनाकारहरुले व्यापक रुपमा प्रयोग गर्नेगरेका छन्। सो पुस्तकमा उल्लिखित निकै धेरै पात्रका नाम र कथाहरु पनि सर्वसाधारणहरुमा निकै प्रचलित छन्। "सुन चको सैनिक रणकौशल"को सूक्ष्म र सावधानी सैनिक र दार्शनिक विचारधारा प्रणाली, अति परिवर्तनीय युद्धकौशल र युद्धकला तथा जति पटक पढे पनि नयाँ जस्तो महसूस भएको र छलफल गर्न लायकको निहित अर्थबाट विश्वव्यापी सैनिक विचारधारा क्षेत्रमा पनि विस्तृत प्रभाव पारेको छ। यसले विश्वमा अत्यन्तै उच्च नाउँ कमाएको छ। यस ग्रन्थलाई अंग्रेजी, रसियन, जर्मन र जापानी आदि 29 भाषामा उल्था गरिएको छ। सारा संसारमा "सुन चको सैनिक रणकौशल" भन्ने किताबका हजारौं किसिमका प्रकाशनहरु छन्। अझ धेरै मुलुकका सैनिक विद्यालयले यस किताबलाई पाठ्य-पुस्तकका रुपमा समेत प्रयोगमा ल्याएका छन्। जनाइए अनुसार, सन् 1991 मा भएको खाडी युद्धको बेला सो युद्धमा मुछिएका दुबै पक्षहरुले आफूलाई युद्ध सम्बन्धी निर्देशन दिन र यसको सैनिक विचारधाराबाट सिक्नका लागि "सुन चको सैनिक रणकौशल"को अध्ययन गरेका थिए।