विकासशील देशहरूद्वारा जलवायु परिवर्तनको सामना गर्न ठूलो अठोट र दृढता प्रदर्शन
2024-11-14 15:46:53cri
Share with:

विश्वमा जलवायु परिवर्तन तीव्र गतिमा अघि बढिरहेको छ। जलवायुको क्षेत्रमा थप महत्त्वाकांक्षा र कार्यको आवश्यकता छ। चाइना मिडिया ग्रुपको सीजीटीएन र चिनियाँ जन विश्वविद्यालयले संयुक्तरूपमा नयाँ युग अन्तर्राष्ट्रिय सञ्चार अनुसन्धान संस्थानमार्फत् ३८ देशका ७,६५८ उत्तरदातामाझ गरिएको सर्वेक्षणका अनुसार, ९०.३ प्रतिशत उत्तरदाताले जलवायु परिवर्तनको सामना गर्नु अविलम्ब आवश्यक रहेको र अन्तर्राष्ट्रिय समुदायले सहमति जुटाउन तथा थप व्यावहारिक कार्यहरू तुरुन्तै गर्न आवश्यक रहेको मानेका छन्।

 

सर्वेक्षणका अनुसार, ९०.४ प्रतिशत विश्वव्यापी उत्तरदाताले हालका वर्षहरूमा वैश्विक अत्यधिक मौसम घटनाहरूको घटनाक्रम तीव्र गतिमा बढेको विचार गरेका छन्। ८७.३ प्रतिशत उत्तरदाताले अत्यधिक मौसम घटनाहरूको वृद्धिबाट विश्वको जलवायु तीव्ररूपमा गम्भिर हुँदै आएको ठहर गरेका छन्।

 

सर्वेक्षणमा संलग्न उत्तरदातामा अमेरिकासँगै जर्मनी, जापान जस्ता विकसित देशका उत्तरदाता पनि छन्, र अर्जेन्टिना, भारत र केन्या जस्ता विकासशील देशका उत्तरदाता पनि समावेश छन्।