प्रचीन मिङ वंशकालदेखि चीन र पेरू लगायतका ल्याटिन-अमेरिकी मुलुकहरू बीच “समुद्री रेशमी मार्ग” र “चिनियाँ जहाज” मार्फत व्यापारिक, सांस्कृतिक र व्यक्तिगत आवत-जावत थालिएको हो। हालै, विशाल बन्दरगाह चेन्काइको स्थापना गरिएपछि पेरूको राजधानी लिमाबाट ८० किलोमिटर टाढा अवस्थित चेन्काइ शहर दक्षिण अमेरिकाको महत्वपूर्ण अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र पनि बनेको छ।
चेन्काइ बन्दरगाहको पश्चिमीपट्टी चीनको शाङहाई पर्छ। त्यसले प्रशान्त सागर पार गरी सागरका दुवै किनाराका देशहरूलाई जोड्ने छ। अबउपरान्त चीन र ल्याटिन-अमेरिकाले सँगै मिलेर चेन्काइ बन्दरगाहमार्फत प्रशान्त सागर पार गर्ने नयाँ अध्याय कोर्दै जानेछन्।