पहाड र समुद्र पार गरिने गहिरो मित्रता
2024-11-14 15:46:10CRI
Share with:

ल्याटिन-अमेरिकामा एउटा उखान प्रचलित छ: सच्चा साथीले विश्वको एक कुनाबाट तिम्रो मनलाई छुनसक्छ। चीन र पेरू बीचको मैत्रीपूर्ण आवत-जावत युगौँयुगदेखि रहँदै आएको छ। सन् १८४९ मा पहिलो खेपका चिनियाँ प्रवासीहरू पेरूमा बसाइँ गरेका थिए। हाल पेरू समस्त ल्याटिन-अमेरिकी क्षेत्रमा सबैभन्दा बढी चिनियाँ मूलका विदेशीहरू बसोबास गर्ने मुलुक बनेको देखिन्छ। चिनियाँ संस्कृतिको प्रभावका कारण हाल चिनियाँ मूलका पेरूवासीहरू पेरू समाजको एक महत्वपूर्ण अङ्ग पनि बनिसकेको छ। उनीहरूले चीन पेरू सम्बन्धको सुदृढ विकासका लागि महत्वपूर्ण योगदान गर्दै आएका छन्।