पेरूको लीमा क्यालाओ एयरबेस पुगेपछि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गर्नुभएको सम्बोधन
2024-11-15 10:08:09CRI
Share with:

पेरूको लीमा क्यालाओ एयरबेसमा पुगेपछिको सम्बोधन लेख

(सन् २०२४ नोभेम्बर १४ तारिख, लीमा क्यालाओ एयरबेस)

जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङ

पेरूका राष्ट्रपति दीना बोलुआर्टको निमन्त्रणामा फेरि पनि पेरूको राष्ट्रिय भ्रमण गर्न र एसिया प्रशान्त आर्थिक सहयोग संगठन एपेकको ३१औँ नेताहरूको अनौपचारिक बैठकमा सहभागिता जनाउनपाउँदा मलाई धेरै खुशी लागेको छ। यो सुन्दर, समृद्ध तथा लामो इतिहास बोकेको भूमिमा पुगेर मलाई धेरै आनन्द लाग्यो। म चीन र चिनियाँको रूपमा पेरूको सरकार र जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

चीन र पेरू बीच मित्रता छ र मानिसको मनमा पनि रोपिएको छ। ४ सय वर्ष अघि, दुई देशका जनताले समुद्री सिल्क रोड र‘मानिला जहाज’अर्थात्‘चिनियाँ जहाज’मार्फत् मित्रताको आदानप्रदान सुरु गरेको थियो। ५३ वर्ष अघि, हाम्रो दुई देश बीच कूटनितीक सम्बन्ध स्थापना भएको थियो जसबाट पेरू चीनसँग सबैभन्दा पहिला नयाँ चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने ल्याटिन अमेरिकी देशहरूमध्ये एक बनेको थियो। हालैका वर्षहरूमा, दुई देशका विभिन्न क्षेत्रहरूको संयुक्त प्रयासमा चीन र पेरू बीचको सम्बन्ध गहन र निरन्तर विकास भइरहेको छ। दुई पक्षले रणनीतिक पारस्परिक विश्वास सुदृढ पार्दै, दुई पक्षका लागि लाभ तथा महत्वपूर्ण मुद्दाबारे आपसी रूपमा बुझ्दै र समर्थन गर्दैआएका छन्।

भ्रमणको अवसरमा, राष्ट्रपति दीना बोलुआर्टसँग भेटवार्ता गर्ने छु। चीन-पेरू सम्बन्ध, विभिन्न व्यवसायिक सहकार्य र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे गहिरो रूपमा छलफल गर्ने छु। मलाई विश्वास छ, दुई पक्षको संयुक्त प्रयासमा, यो भ्रमणले चीन-पेरू सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने छ र दुई देशबीचको व्यावहारिक सहकार्यलाई थप नयाँ नतिजा हासिल गर्न प्रवर्द्धन गर्ने छ।