चीन-थाइल्याण्ड सहयोग अग्रस्थानमा
2024-11-15 08:04:28cri
Share with:

 

चीन र थाइल्याण्ड असल छिमेकी हुन् र सहअस्तित्वका असल साझेदार पनि हुन्। सन् १९७५ मा दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएयता चीन र थाइल्याण्डले पारस्परिक सहयोग गरेका छन् र एक अर्कालाई मद्दत दिएका छन्। दुई मुलुकको सहयोग चीन र आशियानबीचको सहयोगको अग्रस्थानमा रहेको छ। दुई पक्षको साझा प्रयासमा चीन र थाइल्याण्डबीचको भाग्य समुदाय निर्माण पनि अगाडि बढाइएको छ।

 

चालू वर्ष नयाँ चीन स्थापनाको ७५औं वार्षिकोत्सव हो। राष्ट्रिय दिवसको उपलक्ष्यमा थाइल्याण्डका लागि चिनियाँ राजदूत हान चछ्याङले चाइना मिडिया ग्रुपका पत्रकारसँग अन्तर्वार्ता दिनुभयो।

 

चीन लगातार दश वर्षसम्म थाइल्याण्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। सन् २०२३ मा चीन र थाइल्याण्डको व्यापारिक रकम १ खर्ब २६ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको थियो। थाइल्याण्डको डुरियनआदि फलफूलहरूलाई चिनियाँ उपभोक्ताले मन पराउँछन्। थाइल्याण्डका लागि चिनियाँ राजदूत हान चछ्याङ भन्नुहुन्छ “थाइल्याण्ड एक कृषिप्रधान ठूलो मुलुक हो। त्यहाँको उत्पादन मात्रा प्रचूर छ। चीनले ढोका खोलेको छ, थाइल्याण्डलाई चीनतर्फ कृषि उपजको निर्यात गर्न स्वागत गरेको छ। थाइल्याण्डका ४०प्रतिशत कृषि उपज चीनको बजारतर्फ निर्यात गरिएका छन्। थाइल्याण्डका किसान र कृषि उपजलाई राम्रो बजार उपलब्ध गराइएको छ। चिनियाँ उपभोक्ताहरूले थाइल्याण्ड र दक्षिणी मुलुकको फरक खाना चाख्न सक्छन्।”

 

हालैका वर्षहरूयता थाइल्याण्डको डुरियन चिनियाँ उपभोक्ताहरूको ठूलो माग छ। थाइल्याण्डको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, सन् २०२४ जनवरीदेखि अप्रिलसम्म थाइल्याण्डले चीनतर्फ निर्यात गरेको डुरियनको कुल मात्रा २ लाख २५ हजार २ सय ४ टन पुगेको थियो। हाल चीन विश्वभरि डुरियनको सबैभन्दा ठूलो निर्यातकर्ता मुलुक र खपतकर्ता मुलुक हो। राजदूत हान भन्नुहुन्छ “सन् २०२३मा थाइल्याण्डले चीनतर्फ निर्यात गरेको डुरियनको कुल रकम ४ अर्ब ५० करोड अमेरिकी डलर पुगेको थियो। चिनियाँहरूलाई डुरियन मन पर्छ। थाइल्याण्डका किसानले चीनतर्फ डुरियनको निर्यात गरेका कारण प्रशस्त फाइदा प्राप्त गरेका छन्। यो दुई मुलुकको पारस्परिक हितयुक्त सम्बन्धको प्रदर्शन हो।”

 

“बेल्ट एण्ड रोड”को साझा निर्माण प्रारुपमा आधारभूत प्रबन्धको कनेक्टिभिटीका आधारमा थाइल्याण्डको कृषि उपज विदेशतर्फ बिक्री गरिएको छ। “बेल्ट एण्ड रोड”को साझा निर्माण प्रस्तावमा सक्रियताका साथ संलग्न भएको पक्ष र महत्वपूर्ण सहयोगात्मक साझेदारको रुपमा थाइल्याण्डले चीनसँग चीन-थाइल्याण्ड राजमार्गको निर्माणलाई गति प्रदान गर्दैआएको छ।