चीनका राष्ट्राध्यक्ष र पेरूका राष्ट्रपतिद्वारा चाइकेई बन्दरगाहको उद्घाटन
2024-11-15 16:01:47CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र पेरूका राष्ट्रपति डिना बोलुआर्ट बीचमा नोभेम्बर १४ तारिख बेलुकी लीमास्थित राष्ट्रपति भवनमा भिडियोमार्फत् चानकेई बन्दरगाहको उद्घाटन समारोहमा सहभागी हुनुहुन्छ।

उहाँहरूले दुई देशका यातायात तथा ढुवानी विभागका जिम्मेवारीबाट जानकारी लिनुका साथै चानकेई बन्दरगाह परियोजनाको भिडियो अवलोकन गर्नुभएको छ। दुई राष्ट्रनायकले बन्दरगाह खुल्ने आदेश गर्नुभएको छ। उहाँहरूले छुट्टाछुट्टै रूपमा सम्बोधन गर्नुभएको छ।

चानकेई बन्दरगाह पेरूको राजधानी लिमाबाट उत्तरतिर ८० किलोमिटरमा पर्दछ। यो चीन र पेरूले “बेल्ट एण्ड रोड”को साझा निर्माण गर्ने महत्वपूर्ण परियोजना हो। उक्त बन्दरगाह खुलेपछि दुई देशबीच एका-तर्फ समुद्री ढुवानी समय २३ दिन घट्ने र कम्तीमा २० प्रतिशत रसद लागत बचत हुनेछ। जसले प्रत्येक वर्ष पेरूका लागि ८००० भन्दा बढी प्रत्यक्ष रोजगार दिनेछ।