बुद्धिमान शक्ति जम्मा गर्नु! "ग्लोबल साउथ" थिङ्क ट्याङ्क सहयोग सँघको स्थापना
2024-11-15 10:53:12cri
Share with:

नोभेम्बर १४ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागको नेतृत्वमा चाइना मिडिया ग्रुप, चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान, छिङ्ह्वा विश्वविद्यालय, फुतान विश्वविद्यालय, जनता विश्वविद्यालयको सहयोगमा दोस्रो ग्लोबल साउथ थिङ्क ट्याङ्क संवादको उद्घाटन समारोह आयोजना गरिएको छ। सो अवसरमा २००भन्दा बढी स्वदेशी तथा विदेशी थिङ्क ट्याङ्क र विश्वविद्यालयहरूद्वारा संयुक्त रूपमा "ग्लोबल साउथ" थिङ्क ट्याङ्क सहयोग सँघ नानचिङमा स्थापना गरेको छ।

"ग्लोबल साउथ" थिङ्क ट्याङ्क सहयोग सँघले रूसको कजानमा "ब्रिक्स प्लस" नेताहरूको संवादमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्ताव गर्नुभएको महत्त्वपूर्ण पहलहरू कार्यान्वयन गर्ने र देशहरू बीच सांस्कृतिक आदानप्रदान र पारस्परिक शिक्षालाई बढावा दिने लक्ष्य राखेको छ।

वर्तमान विश्वको सबैभन्दा व्यापक र ठूलो अन्तर्राष्ट्रिय मिडिया वाहकको रूपमा चाइना मिडिया ग्रुपले ८० भाषाहरूमा आफ्नो सञ्चार फाइदाहरू र विश्वका आठ प्रमुख मिडिया साझेदारहरूको स्रोतहरूलाई सक्रिय रूपमा "ग्लोबल साउथ" थिङ्क ट्याङ्क सहयोग सँघको अनुसन्धान उपलब्धिको प्रचारप्रसार गर्दै विकास र सहयोगका लागि ठूलो आवाज उठाउँदैआएको छ।