स्थानीय समयअनुसार नोभेम्बर १५ तारिख चाइना मिडिया ग्रुपको वृत्तचित्र “ग्रेटवालबाट माचु पिचुतर्फ”को प्रीमियर समारोह र क्विचुवा सामाजिक मिडिया पृष्ठको उदघाटन समारोह पेरूको राजधानी लिमामा आयोजना भएका छन्। चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले उक्त समारोहलाई सम्बोधन गर्नुभएको छ। पेरूको राजनीति, अर्थतन्त्र, संस्कृति, प्राज्ञ, सञ्चार-माध्यमआदि क्षेत्रहरूका करीब दुई सय जना महानुभवाहरु उक्त समारोहमा सहभागी भए।
“ग्रेटवालबाट माचू पिचूतर्फ”नामक वृत्तचित्र चाइना मिडिया ग्रुपले पेरूको वैदेशिक व्यापार र पर्यटन मन्त्रालय, पेरूको राष्ट्रिय रेडियो तथा टेलिभिजन समूहसँग संयुक्त रुपमा बनाएको हो। उक्त वृत्तचित्रले ग्रेटवाल र माचू पिचू दुबैवटा द्योतक ऐतिहासिक स्थललाई पेटीका रुपमा अपनाएर चीन र पेरूको उज्जवल सभ्यता देखाएको छ। उक्त वृत्तचित्र सोही दिनदेखि चिनियाँ, अंग्रेजी, स्पेनी, फ्रान्सेली, अरबी, रुसी, क्विचुवा गरी सात वटा भाषाद्वारा विश्वतर्फ सार्वजनिक गरिनेछ।
क्विचुवा सामाजिक मिडिया पृष्ठ सार्वजनिक गरिएपछि चाइना मिडिया ग्रुपले विदेशतर्फ प्रसारण गर्ने भाषाहरूको संख्या ८१ वटा पुग्नेछ।