केही समयअघि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला द सिल्भाले चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिनुभएको छ। अन्तर्वार्तामा उहाँले ब्राजिल- चीन सम्बन्धबारे चर्चा गर्दै भन्नुभयोः
ब्राजिल र चीनबीचको साझेदारी सम्बन्धबाट म निकै खुसी छु। मलाई लाग्छ, जी–२० रियो शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीको उपस्थिति अत्यन्त महत्वपूर्ण छ। यस समयमा, हामी दीर्घकालीन रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थापनाको खोजी गर्न महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ताहरू पनि आयोजना गर्नेछौँ।
राष्ट्रपति सीको ब्राजिल राजकीय भ्रमणबाट के अपेक्षा गर्नुहुन्छ भनी सोधिएको प्रश्नको जवाफमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला द सिल्भाले जनाउनुभयोः
मलाई विश्वास छ कि यो भेटवार्ता ब्राजिल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयताको सम्भवतः सबैभन्दा महत्त्वपूर्ण भेटवार्ता हो। हाम्रो एउटै दर्शन छ। चीन नै एसियाको सबैभन्दा असाधारण देश हो र ब्राजिल ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश हो। हामीसँग धेरै समानताहरू छन् र हामी एकअर्काबाट सिक्न चाहन्छौँ। म यो भ्रमणलाई ब्राजिल र चीनबीचको असाधारण साझेदारीको अभिव्यक्तिका रूपमा हेर्छु र हामी हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाउँदै जाने विश्वास लिन्छौँ।