स्थानीय समयअनुसार नोभेम्बर १७ तारिख रियो दि जेनेरियोमा १९ औं जी-२० शिखर सम्मेलनमा भाग लिन र ब्राजिलको राजकीय भ्रमण गर्ने अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलको समाचारपत्रमा "विशाल महासागरमा फैलिएको मित्रता उज्ज्वल साझा भविष्यतर्फको यात्रा" शीर्षकमा हस्ताक्षर गरिएको लेख सार्वजनिक गर्नुभएको छ।
उक्त लेखको मुख्य विषय यस्तो छ-
करिब २०० वर्षअधि, चिनियाँ चिया, लिची, मसला र पोर्सिलन सागरपार गरेर ब्राजिलमा आएर, दुई देश बीच आर्थिक तथा व्यापारिक आदानप्रदानको पुल निर्माण गरेको थियो।
सन् १९७४ अगष्ट १५ तारिख चीन र ब्राजिलले दौत्य सम्बन्ध स्थापना गरेका छन्। ब्राजिल चीनसँग रणनीतिक साझेदारी सम्बन्ध स्थापना गर्ने पहिलो देश हो भने चीनसँग चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापित गर्ने पहिलो ल्याटिन अमेरिकी देश पनि हो। चीन र विकासोन्मुख देश बीचको सम्बन्धमा दुई देशको सम्बन्ध सधैँ अग्रपङ्क्तिमा रहँदै आएको छ।
दुवै पक्षले पारस्परिक लाभ र साझा जीतको पालन गरेर आपरी श्रेष्ठताको पूरक भएर संयुक्त रूपमा आ-आफ्नो आधुनिकीकरण प्रक्रियालाई बढाउँदैछन्। दुवै पक्षले सधैँ खुलापन, समावेशिता र पारस्परिक शिक्षामा अडिग रहँदै आएका छन् र दुवैसँग निकटताको स्वाभाविक भावना र सुन्दर चीजको साझा खोजमा छन्।
दुवै पक्षले सधैँ शान्तिपूर्ण विकास, निष्पक्षता र न्यायको पालना गर्दै धेरै अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा समान वा उस्ताजस्तै दृष्टिकोण राखेका छन्।
चीन-ब्राजिल मित्रताको दिशा लिन आवश्यक रहेको उक्त लेखमा औँल्याइएको छ। चीन-ब्राजिल बीच पारस्परिक लाभकारी सहयोगका लागि नयाँ शक्तिको विकास गर्न आवश्यक छ भन्दै चीन र ब्राजिलका जनताबीचको मित्रताको आधारको विकास गर्न पनि आवश्यक रहेको सी चिनफिङले आफ्नो लेखमा उल्लेख गर्नु भएको छ।
चीन-ब्राजिलको एकता र पारस्परिक सहयोग गर्ने ठूला देशको जिम्मवार प्रदर्शन गर्न आवश्यक रहेकामा उहाँले जोड दिनु भएको छ।
सीले लेख्नु भएको छः
मेरो ब्राजिल भ्रमणको अर्को महत्वपूर्ण उद्देश्य जी-२० शिखर सम्मेलनमा भाग लिनु हो। राष्ट्रपति लुलाले “भोकमरी र गरिबी विरुद्धको लडाइँ”लाई रियो दि जेनेरियो शिखर सम्मेलनको मुख्य एजेन्डा बनाउनुका साथै भोकमरी र गरिबीविरुद्ध विश्वव्यापी गठबन्धनको स्थापनासम्बन्धी पहल प्रस्तुत गर्नुभयो। जसलाई चीनले उच्च प्रशंसा र सक्रिय समर्थन गरेको छ।
न्यायपूर्ण विश्वको निर्माण गर्न जी-२० ले पारस्परिक सम्मान, समान सहयोग र पारस्परिक लाभको सिद्धान्त पालना गर्दै ग्लोबल साउथका देशको अझ विकासलाई सहयोग गर्नु आवश्यक छ। दिगो विकास ग्रहको निर्माण गर्न जी-२० ले दिगो उत्पादन तरिका र जीवनशैलीको वकालत गरेर मानिस र प्रकृतिको सौहार्दपूर्ण सहअस्तित्वलाई साकार पार्न आवश्यक छ ।