विश्वव्यापी शासन "रियो समय" मा प्रवेश र 'ग्लोबल साउथ'मा 'चीनको जवाफ'
2024-11-17 18:16:09cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको दृष्टिकोणमा, “जी-२० का सबै सदस्य राष्ट्र विश्व र क्षेत्रका ठूला देश हुन् र उनीहरुले ठूला देशको जिम्मेवारी वहन गरेर अनुकरणीय भूमिका खेल्दै सबै देशको विकास, मानव जातिको हित र विश्वको प्रगतिको खोजी गर्नुपर्दछ।” चाइना मिडिया ग्रुप अन्तर्गत सीजीटीएनले विश्वभरका नेटिजेन्सबाट लिएको सर्वेक्षणका अनुसार उत्तरदाताहरूले राष्ट्राध्यक्ष सीको उक्त विचारमाथि अत्यधिक सहमति जनाउनुका साथै विश्व आर्थिक वृद्धि र विश्वव्यापी आर्थिक शासनको सुधारमा चीनको सकारात्मक योगदानको सक्रिय मूल्याङ्कन गरेका छन्।

सर्वेक्षणमा ८०.९ प्रतिशत उत्तरदाताले जी-२० बहुपक्षीय सहयोगलाई सबल पार्ने र विकासका अवसर बाँड्ने एउटा मञ्च भएको र अन्तर्राष्ट्रिय जगतको अनिश्चितता र चुनौतीको सामना गर्न सबै पक्षले मिलेर काम गर्नुपर्ने बताएका छन्। चुनौतीबाट सबैभन्दा प्रभावित "ग्लोबल साउथ" का देशहरू हुन्। त्यसैले  ६७.१ प्रतिशत उत्तरदाताले जी-२० शिखर सम्मेलनले "ग्लोबल साउथ" देशको विकास आग्रहमा ध्यान दिने र अन्तर्राष्ट्रिय मामिलामा "ग्लोबल साउथ" देशको भूमिका र प्रभावलाई प्रभावकारी रूपमा बढाउने अपेक्षा गरेका छन्। त्यसबाहेक  ७३.४ प्रतिशत उत्तरदाताले  "ग्लोबल साउथ" देशका लागि साझा अभिरूचि जलवायु प्रशासन मामिलामा जी-२० का सदस्यहरूले सक्रिय रूपमा अन्तर्राष्ट्रिय सहयोगलाई बढाएर विश्वव्यापी अर्थतन्त्रको हरित रूपान्तरणलाई बढाउने अपेक्षा गरेका छन्।

सबैभन्दा ठूलो विकासोन्मुख देश र ग्लोबल साउथको महत्वपूर्ण सदस्यको हैसियतमा, चीनले बहुपक्षीय सहयोग संयन्त्र भएको जी २० मार्फत् अन्तर्राष्ट्रिय मामिलामा ग्लोबल साउथका देशहरूको आवाज र प्रतिनिधित्वलाई अझ बढाउने प्रयास गर्दै आएको छ।

सर्वेक्षणमा ९२.८ प्रतिशतका उत्तरदाताले चीनले विश्वव्यापी शासनमा 'ग्लोबल साउथ' का देशको प्रतिनिधित्व र आवाजको सुधारमा महत्वपूर्ण योगदान लिएको विचार व्यक्त गरेका छन्। ९१.४ प्रतिशतले 'ग्लोबल साउथ' देशको विकास, पुनरुत्थान र साझा समृद्धिमा चीन मेरुदण्ड भएको बताएका छन्। नेटिजन्सले चीनको योगदानलाई पूर्ण रूपमा मान्यता दिएका छन्। ल्याटिन अमेरिकामा, विशेष गरी दक्षिण अमेरिकाको दक्षिणी भागमा, उदीयमान अर्थव्यवस्थाको विकासका लागि चीनको काम प्रशंसनीय रहेको भन्दै चीनले यी देशहरूलाई भाग लिन अनुमति दिन रोजेको छ। उनीहरूलाई समर्थन गर्ने आफ्नो जिम्मेवारी भएको पनि सर्वेक्षणमा उनीहरुले बताएका छन्।

सीजीटीएनको उक्त सर्वेक्षण अंग्रेजी, स्पेनिश, फ्रेन्च, अरबी र रुसी मञ्चमा  सर्वाजनिक गरेको थियो। सार्वजनिक भएको २४ घण्टाभित्र ७,४६९ नेटिजेन्सले उक्त सर्वेक्षणमा भाग लिएका थिए र आफ्नो विचार व्यक्त गरेका थिए।