एशिया प्रशान्तले आर्थिक विश्वव्यापीकरणलाई कसरी निर्देशित गर्नेः चीनको प्रस्ताव
2024-11-18 17:51:59cri
Share with:

 

चीन एशिया प्रशान्त आर्थिक सहकार्य संगठन (एपेक) सन् २०२६ को संयोजक बन्ने छ। विभिन्न पक्षहरूसँगै मिलेर एशिया प्रशान्त सहकार्यलाई गहन पारी एशिया प्रशान्त क्षेत्रका जनतालाई अझ बढी लाभ दिँदै जान चीन इच्छुक छ।

नोभेम्बर १६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एशिया प्रशान्त आर्थिक सहकार्य संगठन (एपेक)को ३१ औँ नेतागणको अनौपचारिक सम्मेलनमा उक्त कुरा जनाउनुभएको हो। तुरून्तै उहाँको सो भनाइ पेरूको राजधानी लिमाबाट पुरै विश्वभर फैलिएको छ। बितेका १२ वर्षपश्चात् चीन पुन: एकपल्ट एपेकको संयोजक बन्ने भएको छ। बाह्य जगतले के ठहर गरेको छ भने उहाँको भनाईबाट एशिया प्रशान्तको भावी विकासतर्फ शक्तिको प्रदान गर्ने चीनको अठोट र कर्तव्य प्रतिबिम्बित गरिएको छ।

 

गत सन् २०१३ यता राष्ट्राध्यक्ष सीले धेरैपटक अन्तर्राष्ट्रिय चौतारोमा एशिया प्रशान्त भाग्य एकरूपताको स्थापना गर्ने विचारधारा र अडानलाई प्रकाश पार्नुभएको थियो। यसपालिको सम्मेलनमा राष्ट्राध्यक्ष सीले पुन: चिनियाँ योजना पनि प्रस्तुत गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीले यस एपेक सम्मेलनमा ३ वटा प्रस्ताव प्रस्तुत गर्नुभयो। ती प्रस्ताव यस प्रकार छन्: खुलस्त र सम्पर्क राख्नसकिने एशिया प्रशान्त सहयोगात्मक प्रारूपको स्थापना गर्नु, हरित र सिर्जनशील एशिया प्रशान्त जीवन्त वृद्धि शक्तिलाई हुर्काउनु र साझा लाभ तथा सहिष्णुतायुक्त एशिया प्रशान्त विकास विचारधारालाई सुदृढ पार्नु हो। ती ३ वटा प्रस्तावले एशिया प्रशान्त भाग्य एकरूपताको निर्माणलाई अघि बढाउन र एशिया प्रशान्त विकास हुने नयाँ युगको सिर्जना गर्नका लागि सही दिशा देखाएको छ।