नोभेम्बर १८ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ।
प्रवक्ता लिनका अनुसार, राष्ट्राध्यक्ष सी चिनफिङले यस एपेक उद्योग-वाणिज्य नेतागणको शिखर सम्मेलनलाई गर्नुभएको लिखित सम्बोधनमा के प्रस्तुत गरिएको छ भने हाल विश्वले नयाँ डामाडोल परिवर्तित अवधिमा प्रवेश गरेको सिलसिलामा एकपक्षीयतावाद र संरक्षणवाद पनि झन् विस्तृत रूपमा प्रचलित हुँदै आएको देखिन्छ। त्यसैगरी अर्थतन्त्र विश्वव्यापीकरणको सही दिशा निर्देश गर्दै अर्थतन्त्र विश्वव्यापीकरणबाट अझ बढी सकारात्मक प्रभाव पार्न प्रयास गर्नुपर्छ।
प्रवक्ता लिन च्येनका अनुसार, यस प्रक्रियामा चीनले सम्पूर्ण रूपमा सुधारलाई गहन पारी निरन्तर रूपमा विश्व अर्थतन्त्रतर्फ सशक्त शक्ति थपिदिँदै जानेछ। साथै चीनले उच्च गुणस्तरीय विकासलाई अघि बढाएर हरित विकास हुने बाटोलाई दृढताका साथ कायम राख्दै जाने कुरामा पनि उहाँले जोड दिनुभएको छ।