जी २० समूहको नेता स्तरीय १९औँ शिखर सम्मेलनको दोस्रो चरणमा चिनियाँ राष्ट्राध्यक्ष उपस्थित
2024-11-19 10:16:03cri
Share with:

  स्थानीय समयअनुसार नोभेम्बर १८ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलको रियो दि जेनेरियोमा जी बीस समूहको नेता स्तरीय १९औँ शिखर सम्मेलनको दोस्रो चरण भाग लिँदै ‘हातमा हात मिलाएर न्याय तथा निष्पक्ष वैश्विक व्यवस्थापन प्रणाली’ भन्ने शीर्षकमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। उहाँका अनुसार जी बीस समूह नेता स्तरीय शिखर सम्मेलनले १६ वर्षको इतिहास पार गरेको छ। नयाँ शुरुवातमा उभिएर जी बीस समूहले निरन्तर ग्लोबल व्यवस्थापनलाई पूर्णता दिलाउँदै ऐतिहासिक प्रगतिको प्रवर्द्धन गर्दैजान पर्छ।

उहाँले भन्नुभयो, हामीले मानवजातिको साझा भविष्य भएको समुदायको विचारधारा कायम राख्दै सँयुक्त राष्ट्र सँघीय संयुक्त राष्ट्र बडापत्र र सिद्धान्त आधारित अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धन्त पालना गर्नुपर्छ। जसले अन्तर्राष्ट्रिय सहमतिलाई जम्मा गर्दै निष्पक्ष तथा व्यवस्थित विश्वव्यापी र समावेशी आर्थिक भूमण्डलीकरण भएको बहु-ध्रुवीय सँसारको प्रवर्द्धन गर्नसकिन्छ।

   सीले जोड दिनुभएअनुसार ग्लोबल सुरक्षा व्यवस्थापन ग्लोबल व्यवस्थापनको महत्वपूर्ण भाग हो। जी बीस समूहले सँयुक्त राष्ट्र सँघ र यसका सुरक्षा परिषदद्वारा अझ ठूलो भूमिका निर्वाह गर्नेमा समर्थन दिनुपर्छ। अन्तमा राष्ट्राध्यक्ष सीले भन्नुभयो:जी बीस समूहको स्थापना गर्ने प्रारम्भिक कल्पना मनमा राख्दै साझेदारी सम्बन्ध निर्वाह गर्नुका साथै वास्तविक बहुपक्षीयवादलाई व्यवहारमा उतार्न जाऔँ जसबाट साझा समृद्धि विकासको सुन्दर भविष्य सिर्जना गर्नसकिन्छ।