सी चिनफिङ तथा जर्मनीका चान्सलर स्कोल्जबीच भेटवार्ता
2024-11-20 10:30:54cri
Share with:

 

 नोभेम्बर १९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रियो डी जेनेरियोमा जी-२० समूहका नेतागणको शिखर सम्मेलनमा सहभागी हुने क्रममा जर्मनीका चान्सलर ओलाफ स्कोल्जसँग भेटवार्ता गर्नुभएको छ।

यस अवसरमा राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार वर्तमान विश्वमा परिवर्तन तीव्र गतिमा विकसित भैरहेको देखिन्छ। ग्लोबल विकास महत्वपूर्ण क्रोस रोडमा छ। विश्वको दोस्रो र तेस्रो ठूलो आर्थिक समूहको रुपमा चीन र जर्मनले दीर्घकालीन तथा रणनीतिक दृष्टिकोणबाट आपसी चौर्तफी रणनीतिक साझेदारी सम्बन्धलाई सुदृढ पार्नुपर्छ।

चान्सलर स्कोल्जका अनुसार जर्मनीले चीनसँग चौर्तफी रणनीतिक साझेदारी सम्बन्धलाई अघि बढाउँदै न्याय,सदिच्छापूर्ण र पारस्परिक सम्मानको भावनाले बहुपक्षीय वार्ता सहयोगलाई बढाउने आशा छ। जसले विश्वको अर्थतन्त्रको पुनरुत्थान, वृद्धि र साझा समृद्धिका लागि योगदान सिर्जना गर्ने छ। साथै युरोप र चीनले वार्तामार्फत इलेक्ट्रोनिक कार समस्यालाई छिटो समाधान गर्नेमा जर्मनीले सक्रिय प्रयास गर्ने छ।