चिनियाँ राष्ट्राध्यक्ष र ब्राजिली राष्ट्रपति बीच भेटवार्ता
2024-11-21 10:11:30cri
Share with:

 स्थानीय समयअनुसार नोभेम्बर २० तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र ब्राजिली राष्ट्रपति लुलाले भेटवार्ता गर्दै चीन र ब्राजिलबीचको सम्बन्धलाई अझ निष्पक्ष विश्व र अझ दिगो पृथ्वीको सँयुक्त निर्माण गर्ने चीन ब्राजिल साझा भविष्यको समुदायमा उकास्ने घोषणा गर्नुभएको छ।

सीले जोड दिनुभएअनुसार हाल यी दुबै राष्ट्रहरुले आपसी सम्बन्धलाई उकास्दै बेल्ट एण्ड रोड निर्णय प्रस्तावलाई ब्राजिलको विकास रणनीतिसँग जोडेको छ, यो चीन र ब्राजिलबीचको सम्बन्धको विकासको अर्को ऐतिहासिक उपलब्धि हो। चीनले ब्राजिलसँग यस सम्बन्धमा नयाँ युगको भावार्थको साथ मानवजातिको शान्ति तथा प्रगति कार्यका लागि अझ ठूलो योगदान सिर्जना गर्दै जाने आशा छ।

राष्ट्रपति लुलाका अनुसार बितेका ५० वर्षमा ब्राजिल र चीनले विभिन्न क्षेत्रको सहयोगमा प्रचुर उपलब्धि पाएको छ। राष्ट्रपति लुलाले ब्राजिलले राष्ट्राध्यक्ष सीको यस भ्रमणलाई नयाँ शुरुवातको रुपमा लिँदै यी दुबै राष्ट्रहरुबीचको साझा विकास समृद्धिको प्रवर्द्धन गर्ने अपेक्षा लिएको बताउनुभयो।

भेटवार्तापछि दुबै नेताले ‘जन गणतन्त्र चीन र सँघीय गणतन्त्र ब्राजिल बीच अझ दिगो पृथ्वीको सँयुक्त निर्माण गर्ने चीन ब्राजिल साझा भविष्यको समुदाय समबन्धी संयुक्त वक्तव्य’ मा हस्ताक्षर गर्नुभएको छ।